Door43-Catalog_ne_tn/2co/03/01.md

8.6 KiB

जोड्ने कथनः

पावलले ख्रीष्‍टद्वारा गरेका कुराहरू तिनीहरूलाई बताइरहँदा उनले घमण्ड गरिरहेका छैनन् भनी तिनीहरूलाई याद दिलाउँछन् ।

के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ ?

उनीहरूले आफ्नै बारेमा घमण्ड गरिरहेका छैनन् भनी जोड दिनलाई पावलले यो प्रश्‍नलाई प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “हामीले फेरि आफूहरू स्वयम्‌कै प्रशंसा गर्न थालिरहेका छैनौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र ?

कोरिन्थीहरूलाई पावल र तिमोथीको असल प्रतिष्‍ठाको बारेमा पहिले नै थाहा छ भनी व्यक्त गर्नलाई पावलले यो कुरा बताउँछन् । प्रश्‍नले अकरणमा भएको जवाफ दिन लगाउँछ । वैकल्‍पिक अनुवादः “केही मानिसहरूलाई चाहिए जस्तै हामीलाई तिमीहरूको निम्ति वा तिमीहरूबाट कुनै सिफारिस पत्रको आवश्यक पर्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

सिफारिस पत्रहरू

यो कुनै व्यक्तिले अरू कसैको चिनारी दिनलाई र त्यस व्यक्तिलाई तिनीहरूको सहमति दिनलाई लेख्‍ने पत्र हो ।

तिमीहरू स्वयम्‌ नै हाम्रा सिफारिस पत्र हौ ।

कोरिन्थीहरू सिफारिस पत्र हुन् झैँ गरी पावलले कोरिन्थीहरूको बारेमा उल्लेख गर्छन् । तिनीहरू विश्‍वासी भएको कुराले नै अरूहरूप्रतिको पावलको सेवकाइलाई मान्य तुल्याउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरू आफैँ नै हाम्रा सिफारिस पत्र जस्तै हौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामीहरूका हृदयहरूमा लेखिएका

यहाँ “हृदयहरू” शब्दले तिनीहरूको विचारहरू र संवेगहरूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) कोरिन्थीहरू तिनीहरूका सिफारिस पत्र हुन् भन्ने कुरामा पावल र तिनीहरूका सहकर्मीहरू पक्का छन् वा २) पावल र तिनका सहमकर्मीहरूले कोरिन्थीहरूको गहन रूपमा वास्ता गर्छन् ।

हामीहरूका हृदयहरूमा लेखिएका

यसलाई “ख्रीष्‍ट”लाई कर्ताको रूपमा अर्थ दिने गरी कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन ख्रीष्‍टले हाम्रा हृदयहरूमा लेख्नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सबै मानिसहरूद्वारा जानिएको र पढिएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन सबै मानिसहरूले जान्‍न र पढ्न सक्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू ख्रीष्‍टबाटका एक पत्र हौ

पावलले प्रष्‍ट पार्छन् कि ख्रीष्‍ट नै त्यो व्यक्ति हुनुहुन्छ जसले पत्र लेख्‍नुभएको छ । वैकल्‍पिक अनुवादः “तिमीहरू ख्रीष्‍टले लेख्‍नुभएको एउटा पत्र हौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

हामीद्वारा प्रदान गरिएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जुन हामीले प्रदान गर्‍यौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसलाई मसीले लेखिएको थिएन... मानव हृदयहरूको पाटीहरूमा

कोरिन्थीहरू एउटा आत्मिक पत्र जस्तै हुन, मानिसले भौतिक वस्तुहरूले लेखेका पत्र जस्ता होइनन् भनेर पावलले प्रष्‍ट पार्छन् ।

यो मसीले लेखिएको थिएन, तर जीवित परमेश्‍वरको आत्माद्वारा लेखिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो मानिसहरूले मसीले लेखेका पत्र होइन, तर जीवित परमेश्‍वरको आत्माले लेख्नुभएको पत्र हो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])

यो ढुङ्गाका पाटीहरूमा लेखिएको थिएन, तर मानव हृदयका पाटीहरूमा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो मानिसहरूले ढुङ्गाका पाटीहरूमा खोपेर लेखेका पत्र होइन, तर जीवित परमेश्‍वरको आत्माले मानव हृदयका पाटीहरूमा लेख्नुभएको पत्र हो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-ellipsis]])

मानव हृदयका पाटीहरू

पावलले तिनीहरूका हृदयहरू ढुङ्गा वा माटोको कुनै सम्‍म परेका टुक्राहरू हुन् झैँ गरी उल्लेख गर्छन् जसमा मानिसहरूले अक्षरहरू खोप्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

translationWords