Door43-Catalog_ne_tn/2co/02/16.md

4.7 KiB

यो एउटा सुबास्‍ना हो

“ख्रीष्‍टको ज्ञान एउटा सुबास्ना हो ।” यसले २ कोरिन्थीहरू २:१४ को सन्दर्भलाई जनाउँछ, जहाँ पावलले ख्रीष्‍टको ज्ञानलाई मिठो बास्ना आउने धूप भए झैँ गरी बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मृत्युदेखि मृत्युसम्मको दुर्गन्ध

सम्भावित अर्थहरू हुन् १) “मृत्यु” शब्दलाई जोड दिनलाई दोहोर्‍याइएको छ र यो वाक्यांशको अर्थ “मृत्यु गराउने सुबास्ना” भन्‍ने हुन्छ वा २) “मानिसहरूलाई मर्न लगाउने मृत्युको दुर्गन्ध” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

मुक्ति पाइरहेकाहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जोहरूलाई परमेश्‍वरले बचाइरहनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जीवनदेखि जीवनसम्मको सुबास्‍ना

सम्भावित अर्थहरू हुन् १) “जीवन” शब्दलाई जोड दिनलाई दोहोर्‍याइएको छ र यो वाक्यांशको अर्थ “जीवन दिने सुबास्ना” भन्‍ने हुन्छ वा २) “मानिसहरूलाई जीवन दिने जीवनको सुगन्ध” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

यी कुराहरूका लागि को योग्यको छ ?

परमेश्‍वरले तिनीहरूलाई गर्नको निम्ति बोलाउनुभएको सेवकाइ गर्नलाई कोही पनि योग्यको छैन भन्‍ने कुरालाई जोड दिन पावलले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यी कुराहरूको लागि कोही पनि योग्य छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अभिप्रायहरूको शुद्धता

“शुद्ध अभिप्रायहरू”

हामी ख्रीष्‍टमा बोल्दछौँ

“हामी ख्रीष्‍टसँग जोडिएका मानिसहरू जसरी बोल्छौँ” वा “हामी ख्रीष्‍टको अधिकारसहित बोल्छौँ”

हामी परमेश्‍वरबाट पठाइएका हौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले पठाउनुभएको मानिसहरूको रूपमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वरको नजरमा

परमेश्‍वरले तिनीहरूलाई हेरिरहनुभएको छ भन्‍ने सजगतासँगै पावल र उनका सहकर्मीहरूले सुसमाचार प्रचार गर्छन् । वैकल्‍पिक अनुवादः “हामी परमेश्‍वरको उपस्थितिमा बोल्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

translationWords