Door43-Catalog_ne_tn/2co/02/12.md

2.3 KiB

जोड्ने कथनः

पावलले त्रोआस र माकेडोनियामा सुसमाचार प्रचार गर्न पाएका अवसरहरूलाई उल्लेख गरेर कोरिन्थका विश्‍वासीहरूलाई उत्साह दिन्छन् ।

प्रभुद्वारा मेरो लागि एउटा ढोका खोलियो … सुसमाचार प्रचार गर्न

पावलले सुसमाचार प्रचार गर्ने आफ्नो अवसरलाई एउटा ढोकाको रूपमा कुरा गर्छन् जसद्वारा भएर जान उनलाई अनुमति मिलेको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “प्रभुले मेरो निम्ति एउटा ढोका खोल्नुभयो... सुसमाचार प्रचार गर्न” वा “प्रभुले मलाई अवसर दिनुभयो... सुसमाचार प्रचार गर्न” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

मेरो मनमा चैन थिएन

“मेरो मन विचलित थियो” वा “म चिन्तित थिएँ”

मेरा भाइ तीतस

पावलले तीतसलाई उनको आत्मिक भाइको रूपमा बताउँछन् ।

त्यसैले मैले तिनीहरूलाई छाडेँ

“त्यसैले मैले त्रोआसका मानिसहरूलाई छाडेँ”

translationWords