Door43-Catalog_ne_tn/2co/01/21.md

3.1 KiB

परमेश्‍वर जसले हामीलाई तिमीहरूसित सुदृढ गर्नुहुन्छ

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वर जसले हाम्रो सम्बन्धलाई एक आपसमा सुदृढ गर्नुहुन्छ किनभने हामी ख्रीष्‍टमा छौँ” वा २) “परमेश्‍वर जसले ख्रीष्‍टसँग दुवै हाम्रो र तिमीहरूको सम्बन्धलाई सुदृढ पार्नुहुन्छ ।”

उहाँले हामीलाई नियुक्त गर्नुभयो

सम्भावित अर्थहरू हुन् १) “उहाँले हामीलाई सुसमाचार प्रचार गर्नलाई पठाउनुभयो” वा २) “उहाँको हामीलाई उहाँका मानिसहरू हुनलाई चुन्नुभयो ।”

उहाँले हामीमा उहाँको मोहोर लगाउनुभयो

हामी परमेश्‍वरका हौँ भनेर परमेश्‍वरले देखाउनुहुने कुरालाई हामी उहाँका हौँ भन्‍ने चिन्ह परमेश्‍वरले हामीमा लगाउनुभए झैँ गरेर पावलले बताउँछन् । वैकल्‍पिक अनुवादः “उहाँले हामीमाथि उहाँको स्वमित्वको चिन्ह लगाउनुभएको छ” वा “हामी उहाँका हौँ भन्‍ने कुरा उहाँ देखाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामीलाई हाम्रो हृदयहरूमा आत्मा दिनुभयो

यहाँ “हृदयहरू” भन्‍ने शब्दले व्यक्तिको सबैभन्दा अन्तरभागलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हामी हरेक भित्र बस्नलाई आत्मा दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

आत्मा... बैनाको रूपमा

आत्माको बारेमा यसरी बताइएको छ मानौँ उहाँ अनन्त जीवनको निम्ति आंशिक किस्ता हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

translationWords