Door43-Catalog_ne_tn/2co/01/19.md

2.6 KiB

किनभने परमेश्‍वरको पुत्र ... “हो” र “होइन” हुनुहुन्न । बरु, उहाँ सदैव “हो” नै हुनुहुन्छ ।

येशूले परमेश्‍वरको प्रतिज्ञाहरूको बारेमा “हो” भन्नुहुन्छ, जसको अर्थ हो कि तिनीहरू सत्य हुन् भनी उहाँले पक्का गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनभने परमेश्‍वरको पुत्र ... परमेश्‍वरका प्रतिज्ञाहरूको बारेमा ‘हो’ र ‘होइन’ भन्‍नुहुन्न । बरु उहाँले सदैव ‘हो’ भन्नुहुन्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरको पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपमा हो जसले परमेश्‍वरसितको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

परमेश्‍वरका सबै प्रतिज्ञाहरू उहाँमा “हो” हुन्छन्

यसको अर्थ हो कि येशूले परमेश्‍वरका सबै प्रतिज्ञाहरूलाई पक्का गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका सबै प्रतिज्ञाहरूलाई येशू ख्रीष्‍टमा पक्का गरिन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँमा “हो” हुन्छन् ... हामी उहाँद्वारा भन्छौँ

“उहाँ” शब्दले येशू ख्रीष्‍टलाई जनाउँछ ।

translationWords