Door43-Catalog_ne_tn/2co/01/17.md

2.7 KiB

के म हिच्किचाउँदै थिएँ ?

पावलले कोरिन्थीहरूलाई भेट्ने तिनको निर्णयमा तिनी पक्‍का भएको कुरालाई जोड दिनलाई यो प्रश्‍न प्रयोग गर्छन् । प्रश्‍नको अपेक्षित जवाफ होइन हो । वैकल्पिक अनुवादः “म हिच्किचाइरहेको थिइनँ ।” वा “म मेरो निर्णयमा पक्‍का थिएँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के म मानवीय मापनअनुसार कुराहरूको योजनाहरू बनाउँछु ... एकै समयमा ... ?

पावलले कोरिन्थीहरूलाई भेट्ने उनको योजनाहरू सच्चा थिए भन्‍ने कुरालाई जोड दिन यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “म मानवीय मापदण्डअनुसार कुराहरूको योजना बनाउँदिन ... एउटै समयमा ... ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के म कुराहरूको योजनाहरू बनाउँछु ... कि म एकै समयमा “हो, हो” र “होइन, होइन” भन्छु ?

यसको अर्थ हो कि पावलले एकै समयमा उनले भेटघाट गर्नेछन् र उनले भेटघाट गर्नेछैनन् भनेर भनेनन् । “हो” र “होइन” शब्दहरू जोड दिनको निम्ति दोहोर्‍याइएको छ । वैकल्‍पिक अनुवादः “म कुराहरूको योजनाहरू बनाउँदिन ... ताकि मैले 'हो, म निश्‍चय नै भेटघाट गर्नेछु' र 'होइन, म पक्कै पनि भेटघाट गर्नेछैन' भनी एकै बखतमा भनूँ !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-doublet]])

translationWords