Door43-Catalog_ne_tn/2co/01/01.md

2.9 KiB

सामान्य जानकारीः

पावलले कोरिन्थको मण्डलीलाई अभिवादन गरेपछि, उनले सतावट र येशू ख्रीष्‍टद्वाराको सान्त्वनाको बारेमा लेख्छन् । तिमोथी पनि उनीसित नै छन् ।

सामान्य जानकारीः

यस पत्रभरी “तिमी” शब्दले कोरिन्थको मण्डलीमा भएका मानिसहरू र त्यस क्षेत्रका बाँकी ख्रीष्‍टिएनहरूलाई जनाउँछ । सम्भवतः पावलले भनेका कुरा तिमोथीले चर्मपत्रमा लेख्छन् ।

पावल ... कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई

तपाईंको भाषामा पत्रको लेखक र त्यसका लक्षित प्रापकहरूलाई सम्बोधन गर्ने कुनै खास तरिका हुन सक्छ । वैकल्‍पिक अनुवादः “म, पावलले तिमीहरू, कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, यो पत्र लेखेँ”

तिमोथी हाम्रा भाइ

यसले सङ्केत गर्छ कि पावल र कोरिन्थीहरू दुवैले तिमोथीलाई चिन्थे र तिनीहरूले तिनलाई तिनीहरूको आत्मिक भाइ ठान्थे ।

अखैया

यो वर्तमान समयको ग्रीसको पश्‍चिमी भागमा पर्ने रोमी प्रान्तको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिमीहरूलाई अनुग्रह र शान्ति

यो पावलले आफ्ना पत्रहरूमा प्रायः प्रयोग गर्ने अभिवादन हो ।

translationWords