Door43-Catalog_ne_tn/1ti/02/05.md

3.6 KiB

मानिस र परमेश्‍वरका बिचमा केवल एक मात्र मध्यस्तकर्ता

मध्यस्तकर्ता भनेको त्यस्तो ब्यक्ति हो जसले विवादमा रहेका दुईवटा फरक फरक समुहलाई एक आपसमा शान्तिमा रहनको लागि सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ । यहाँ येशूले पापीहरूलाई परमेश्‍वरसंग शान्तिपूर्ण सम्बन्ध कायम गर्न सहायता गर्नुहुन्छ ।

आफैलाई ... दिनुभयो

“स्व-इच्छाले मर्नुभयो”

छुटकाराको मोलस्वरूप

“स्वतन्‍त्रको निम्ति मुल्य चुकाउन” वा “स्वतन्‍त्र पारिनको लागि मोल तिर्न”

ठिक समयमा दिइएको गवाही

यो परमेश्‍वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भनेर अझ स्पष्‍ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सबै मानिसहरूलाई बचाउन चाहनुहुन्छ भन्‍ने कुराको ठिक समयको प्रमाण” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

ठीक समय

यसको अर्थ हुन्छः परमेश्‍वरले छान्‍नुभएको ठिक समय

यसै उद्देश्यको लागि

“यसैको लागि” वा “यही कारणले”

एक सन्‍देशवाहक र प्रेरित बनाइएँ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म पावललाई ख्रीष्‍टले शिक्षक र प्रेरित बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

विश्‍वास र सत्यतामा म गैरयहूदीहरूका शिक्षक हुँ

“म अन्यजातिहरूलाई विश्‍वास र सत्यताको सन्देश सिकाउँछु ।” यहाँ पावलले सत्यता र विश्‍वासलाई एउटै विचार व्यक्त गर्नको लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म अन्याजातीहरूलाई सत्य विश्‍वासको बारेमा सिकाउँछु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hendiadys)

अनुवादका शब्‍दहरू