Door43-Catalog_ne_tn/1ti/02/01.md

3.7 KiB

जोड्ने वाक्य:

सबै मानिसहरूको लागि प्रार्थना गर्नको लागि पावलले तिमोथीलाई उत्साह दिन्छन् ।

सर्वप्रथम

“धेरै नै महत्वपूर्ण” वा “सबैभन्दा अगि”

म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति अनुरोध, प्रार्थना, अन्तरबिन्ती र धन्यवाद ज्ञापनहरू चढाइऊन्

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म सबै विश्‍वासीहरूलाई परमेश्‍वरसँग अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवाद चढाउनको लागि आग्रह गर्दछु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म आग्रह गर्दछु

“म बिन्ती गर्छु” वा “म चाहन्छु”

शान्तिपूर्ण जीवन

यहाँ "शान्तिमय" र "शान्त" को अर्थ एउटै हो । पावल सबै विश्‍वासीहरू अधिकारीहरूबाट कुनै पनि किसिमको समस्यामा नपरी शान्तिपूर्ण जीवन बिताएको चाहन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

हरप्रकारले धार्मिक र मर्यादापूर्वक

“जसले परमेश्‍वरको महिमा गर्छ र जसलाई मानिसहरूले सम्मान गर्छन् ।”

उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सबै मानिसहरू बाँचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सत्यताको ज्ञानमा आऊन्

पावल परमेश्‍वर बारेको सत्यतालाई मानिसहरूलाई ल्याउन सकिने कुनै ठाउँको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “सत्य के हो भन्‍ने जान्‍ने र स्वीकार गर्ने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू