Door43-Catalog_ne_tn/1th/04/intro.md

2.9 KiB

१ थेसलोनिकीहरू ०४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

व्यभिचार सम्बन्धिको अनैतिकता

यौन नैतिकताको लागि विभिन्‍न संस्कृतिहरूमा विभिन्‍न मापदण्‍डहरू हुन्छन् । यी विभिन्‍न सांस्कृतिक मापदण्‍डहरूले अनुवादमा कठिनाइहरू प्रस्तुत गर्न सक्छ । अनुवादकहरू सांस्कृतिक रूपमा वर्जित गरिएको कुराहरूको बारेमा पनि सचेत हुनुपर्छ, ती विषयहरू जसको बारेमा कुरा गर्न अनुचित मानिन्छ ।

ख्रीष्‍टको पुनरागमनभन्दा अगाडि मर्ने

सुरुको मण्‍डलीमा, कोही व्यक्ति ख्रीष्‍टको पुनरागमनभन्दा अगाडि मर्‍यो भने के हुने थियो होला भनेर मानिसहरूले सोच्‍थे । ख्रीष्‍टको पुनरागमनभन्दा अगाडि मरिजानेहरू परमेश्‍वरको राज्यमा सहभागी हुन पाउँछन् वा पाउँदैनन् भनेर तिनीहरू चिन्तित भएका हुन सक्छन् ।

“प्रभुलाई आकाशमा भेट्न बादलहरूमा उठाइलगिने”

धेरै विद्वानहरूले विश्‍वास गर्छन् कि यस खण्‍डले “उठाइलगिने” भनेर जानिएको एउटा घटनालाई जनाउँछ । यो एउटा त्यो समय जब येशूले उहाँमा विश्‍वास गर्नेहरूलाई आफैँकहाँ बोलाउनुहुनेछ । यो दृष्‍टिकोणलाई मान्‍नेहरूको लागि, यो घटनाको समय भने निकै अनुमान लगाउनुपर्ने कुरा हो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/believe)

सम्बन्धित खण्‍डहरूः

<< | >>