Door43-Catalog_ne_tn/1th/04/03.md

2.7 KiB

तिमीहरू यौन अनैतिकताबाट अलग बस्‍नू

“तिमीहरू यौन अनैतिक कार्यहरूबाट टाढा रहनू”

उसको आफ्नै भाँडालाई कसरी लिने हो थाहा पाउनु

सम्भावित अर्थहरू हुन् १) “उसको आफ्नो श्रीमतीसँग कसरी जिउने थाहा पाउनु” वा २) “उसको आफ्नो शरिरलाई कसरी नियन्त्रण गर्ने थाहा पाउनु”

कामवासनाको आवेगमा

“गलत यौन क्रियाकलापको चाहनासँग”

मानिस होइन

यहाँ "मानिस" ले एक पुरुष वा एक महिला लाई जनाउँछ । “कोही होइन” वा “कुनै व्यक्ति होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)

अपराध गर्नु र गल्ती गर्नु

यो एउटै कुरालाई दुई तवरले भनेर अवधारणालाई जोड दिने तरिका हो । वैकल्पिक अनुवादः “गलत कुराहरू गर्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

प्रभु बदला लिने व्यक्ति हुनुहुन्छ

यो स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “अपराध गर्नेलाई प्रभुले दण्ड दिनुहुनेछ र अन्याय हुनेलाई उहाँले जोगाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूलाई अगिबाटै चेताउनी दिइसक्यौँ र गवाही दिइसक्यौँ

“तिमीहरूलाई पहिल्यै बतायौँ र कडासँग चेताउनी दियौँ”

अनुवादका शब्‍दहरू