Door43-Catalog_ne_tn/1pe/04/01.md

2.4 KiB

जोड्ने वाक्य:

पत्रुसले विश्‍वासीहरूलाई ख्रीष्‍टियान जीवनको बारेमा निरन्तर शिक्षा दिन्छन् । उनले ख्रीष्‍टको कष्‍टको बारेमा अगिल्लो अध्यायको विचारलाई निष्‍कर्ष दिएर यसको सुरुवात गर्छन् ।

शरीरमा

“उहाँको शरीरमा”

तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर

“धारण गर” भन्‍ने वाक्यांशले लडाइँको लागि तयार रहेको सिपाहीलाई जनाउँछ । यसले “त्यस्तै उद्देश्य” लाई हतियारको रूपमा प्रस्तुत गर्दछ । यो रूपकले विश्‍वासीहरू पनि येशूले जस्तै दुःख भोग्‍नको निम्ति तयार हुनुपर्छ भन्‍ने जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले पनि आफैलाई ख्रीष्‍टको जस्तै विचारको निम्ति तयार गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शरीरमा कष्‍ट भोगेको छ

यहाँ “शरीर” शब्दले हाम्रो पार्थिव जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “पृथ्वीमा रहँदा कष्‍ट भोगेको”

पापबाट रोकिएको छ

"पाप गर्न छोडेको छ"

मानवीय अभिलाषा

पापमय मानिसहरूले इच्छा गर्ने कुराहरू

अनुवादका शब्‍दहरू