Door43-Catalog_ne_tn/1pe/03/intro.md

4.6 KiB

१ पत्रुस ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ३:१०-१२ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारलाई गरिएको एउटा उल्‍लेख हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“बाहिरी गरगहनाहरू”

यिनीहरू प्राचीन इस्राएलमा सुन्दर स्‍त्रीका चिन्हहरू हुन् । तिनीहरूलाई “भित्री” सौन्दर्य वा ईश्‍वरीय चरित्रसँग विपरीतमा भएको देखाइएको छ । धेरै संस्कृतिहरूमा स्‍त्रीहरूको लागि बाहिरी सौन्दर्यका विभिन्‍न मापदण्‍डहरू छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/godly)

एकता

प्रेरितहरूले स्थानीय मण्‍डलीमा एकताको लागि ठूलो महत्त्व राखे । यस अध्यायले मण्‍डलीमा एकता र शान्तिको लागि प्रोत्साहन दिन्छ ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

रूपक

उल्‍लेख गरिएका पदहरूमा, भजन गाउनेले परमेश्‍वरलाई वर्णन गर्न थुप्रै रूपकहरूको प्रयोग गर्छन् । यो किन हो भने परमेश्‍वर अवर्णनीय हुनुहुन्छ र हामीले उहाँलाई बुझ्‍न धेरैपटक चित्रणहरू र अन्य भाषाका अलङ्कारहरूको खाँचो पर्छ । कविता लेखनमा विभिन्‍न भाषाका अलङ्कारहरूको प्रयोग गर्ने भनेको सामान्य कुरा पनि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

पत्‍नी हो, तिमीहरूका पतिहरूको अधीनमा रहो

विद्वानहरू यस खण्‍डको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको प्रकाशमा यसलाई कसरी बुझ्‍ने भनेर विभाजित छन् । केही विद्वानहरू विश्‍वास गर्छन् कि पुरुष र स्‍त्री सबै कुरामा पूर्ण रूपले बराबर छन् (समतावाद भनेर जानिएको) । अरू विद्वानहरूले विश्‍वास गर्छन् कि पुरुष र स्‍त्रीलाई विवाह र मण्‍डलीमा प्रस्‍ट रूपमा रहेका फरक भूमिकाहरूमा सेवा गर्नलाई सृष्‍टि गरिएको थियो (पूरकवाद भनेर जानिएको) । कोही व्यक्तिको यस विषयको बुझाइले यो खण्‍ड कसरी अनुवाद हुन्छ भन्‍ने कुरालाई असर गर्न सक्छ ।

हेर्नुहोस्ः

<< | >>