Door43-Catalog_ne_tn/1pe/03/13.md

3.2 KiB

जोड्ने वाक्य:

विश्‍वासीहरूले ख्रीष्‍टियान जीवन कसरी जिउनुपर्छ भन्‍ने शिक्षालाई पत्रुस जारी राख्छन् ।

तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ ?

तिनीहरूले असल कुराहरू गर्दै छन् भने तिनीहरूलाई कसैले पनि हानि गर्न सक्दैन भन्‍ने कुरा जनाउनको निम्ति पत्रुस यो प्रश्‍न सोध्छन् । वैकल्पिक अनुवादः “यदि तिमीहरूले असल कुराहरू गर्दै छौ भने कसैले पनि तिमीहरूको हानि गर्नेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

धार्मिकताको लागि सताइन्‍छौ भने

तपाईं यसलाई मौखिक वाक्यांशको साथ अनुवाद गर्न सक्नुहुनेछ। वैकल्पिक अनुवादः “तिमीहरूले असल गर्दा सताइन्छौ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तिमी आशिषित् हुनेछौ

यसलाई कर्ता प्रधान बनाएर पनि व्यक्‍त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई आशिष् दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरू डराउने कुरादेखि नडराओ । हतास नहोओ

यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र विश्‍वासीहरू तिनीहरूलाई सताउनेहरूदेखि डराउनुहुन्‍न भन्‍ने कुरामा जोड दिन्छन् । वैकल्पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई गर्ने कुरादेखि नडराओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरू डराउने कुरा

शब्द “तिनीहरू” ले पत्रुसले पत्र लेखिरहेका मानिसहरूलाई हानि गर्न कोसिस गर्ने मानिसहरूलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू