Door43-Catalog_ne_tn/1pe/03/10.md

5.3 KiB

सामान्य जानकारी:

यी पदहरू पत्रुसले भजनसंग्रहबाट उद्धृत गरेका हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्‍ने इच्छा गर्दछ

यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र असल जीवन पाउने चाहना व्यक्‍त गर्दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

असल दिनहरू देख्‍ने इच्छा

यहाँ असल दिन देख्‍ने कुरालाई कुनै वस्तु देखेजस्तै गरी व्यक्‍त गरिएको छ । “दिनहरू” शब्दले कुनै व्यक्‍तिको जीवन काललाई जनाउँछ । वैकल्पिक अनुवादः “जीवनकालमा असल कुराहरूको अनुभव गर्नु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])

जिब्रोलाई खराबबाट र उसका ओठलाई छल कुरा गर्नबाट रोकोस्

जिब्रो र ओठले बोल्ने व्यक्‍तिलाई जनाउँछ । यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र झुट नबोल्ने आज्ञालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “खराब र छल कुराहरू बोल्न छोड” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-synecdoche]])

परमेश्‍वरका आँखाले धर्मी जनलाई देख्छन्

यहाँ “आँखा” शब्दले परमेश्‍वरका कुराहरू थाहा पाउने क्षमतालाई जनाउँछ । धर्मीहरूप्रति परमेश्‍वरको मन्जुरीलाई तिनीहरूलाई उहाँले देखेको कुराको रूपमा व्यक्‍त गरिएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले धर्मी जनहरूलाई देख्‍नुहुन्छ” वा “ परमेश्‍वरले धर्मी जनलाई मन्जुर गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्छन्

शब्द “कान” ले मानिसहरूले भनेका कुराहरू परमेश्‍वरलाई थाहा छ भन्‍ने कुरालाई जनाउँछ । परमेश्‍वरले तिनीहरूका निवेदनहरू सुन्‍नुहुन्छ भन्‍ने कुराले उहाँले तिनीहरूलाई जवाफ दिनुहुन्छ भन्‍ने कुरालाई पनि जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूको निवेदन सुन्‍नुहुन्छ” वा “उहाँले तिनीहरूको निवेदन स्विकार गर्नुहुन्छ ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

परमेश्‍वरको मुहार ... विरुद्ध हुन्छ

“मुहार” शब्‍दले आफ्ना शत्रुहरूको विरोध गर्ने परमप्रभुको इच्छालाई जनाउँछ । कसैको विरोध गर्ने कुरालाई त्यस व्यक्‍तिको विरुद्ध मुहार देखाउने भनेर जनाइएको छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले विरोध गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

अनुवादका शब्‍दहरू