Door43-Catalog_ne_tn/1pe/01/24.md

2.7 KiB

सामान्य जानकारीः

तिनीहरू अविनाशी वीर्यबाट जन्मेका हुन् भनेर उनले भर्खरै गरेका कुरासँग जोड्नलाई यी पदहरूमा पत्रुसले यशैया अगमवक्ताको पुस्तकबाट एउटा खण्‍ड उद्धृत गर्छन् ।

सबै देह घाँसजस्तै हुन्, र त्यसका सबै

"मासु" शब्दले मानवतालाई जनाउँछ। यशैया अगमवक्ताले मानिसहरूलाई बढेर तुरुन्तै मरिहाल्ने घाँससँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “सबै मानिसहरू घाँस मरेजस्तै मर्छन्, र तिनीहरूका सबै” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-simile]])

महिमा घाँसको जङ्गली फुलजस्तै हो

यहाँ “महिमा” शब्दले सुन्दरता वा असल कुरोलाई जनाउँछ । यशैयाले मानिसहरूले मानवताको बारेमा असल र सुन्दर ठान्‍ने कुराहरूलाई चाँडै मर्ने फुलहरूसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “फुलहरू चाँडै मरेजस्तै भलाइ पनि चाँडै बन्द हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

यही सुसमाचार हो

यहाँ “यही” शब्दले “प्रभुको वचन”लाई जनाउँछ ।

सुसमाचार घोषणा भएको थियो

तपाईंले मौखिक वाक्यांश प्रयोग गरेर यो अनुवाद गर्न सक्नुहुनेछ। वैकल्पिक अनुवादः “हामीले घोषणा गरेको सुसमाचार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू