Door43-Catalog_ne_tn/1pe/01/22.md

4.2 KiB

तिमीहरूले आफ्नो प्राणलाई शुद्ध बनायौ

यहाँ “प्राण” शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूले आफैँलाई शुद्ध बनायौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शुद्ध

यहाँ शुद्ध हुने कुराले परमेश्‍वरको अगि स्वीकारयोग्य हुने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सत्यताको आज्ञाकारिताद्वारा

तपाईंले मौखिक वाक्यांश प्रयोग गरेर यो अनुवाद गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवादः “सत्यताको आज्ञापालन गरेर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

भातृ-प्रेम

यसले सङ्गी-विश्‍वासीहरू माझमा भएको प्रेमलाई जनाउँछ ।

आफ्नो हृदयबाट एक-अर्कालाई गहिरो प्रेम गर

यहाँ “हृदय” शब्दले भावना बस्‍ने ठाउँलाई जनाउँछ र यसले तिनीहरूले पूर्ण रूपले प्रेम गर्नुपर्छ भनेर सङ्केत गर्छ । वैकल्पिक अनुवादः “एक अर्कालाई गहिरो र पूर्ण तरिकाले प्रेम गर” वा “एक अर्कालाई गहिरो किसिमले र पूर्ण हृदयले प्रेम गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर अविनाशी वीर्यबाट

पत्रुसले परमेश्‍वरको वचनलाई निम्‍न सम्भावित अर्थहरूमा कुरा गरेका हुन सक्छन् १) बिरुवाको बिउ झैँ जुन विश्‍वासीहरूमा हुर्कन्छ र नयाँ जीवन उत्पादन गर्छ वा २) पुरुष वा स्‍त्रीभित्र भएका स-साना कोषिकाहरू जस्तै जुन आपसमा जोडिएर स्‍त्रीभित्र एउटा बालकको विकास गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अविनाशी

“विनाश नहुने” वा “सदा रहिरहने”

जीवित र रहिरहने परमेश्‍वरको वचनद्वारा

पत्रुसले परमेश्‍वको वचनलाई सधैँ जीवित रहेको कुराको रूपमा बताउँछन् । वास्तवमा, सधैँ रहने परमेश्‍वर हुनुहुन्छ, र उहाँका आज्ञाहरू र प्रतिज्ञाहरू अनन्तसम्म रहन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू