Door43-Catalog_ne_tn/1co/13/01.md

3.2 KiB

जोड्ने कथनः

परमेश्‍वरले विश्‍वासीहरूलाई दिनुहुने वरदानहरूका बारेमा भर्खरै कुरा गरेपछि, पावलले कुन कुरा बढी महत्‍वपूर्ण हुन्‍छ भन्‍ने कुरामा जोड दिन्‍छन् ।

स्वर्गदूतहरूको भाषा

सम्भावित अर्थहरू हुन् १) पावलले प्रभाव दिनको लागि बढाइचढाइ गरेर भन्दै छन् र उनी मानिसहरूले स्वर्गदूतहरूको भाषा बोल्छन् भन्‍ने कुरामा विश्‍वास गर्दैनन् वा २) अन्यभाषामा बोल्ने कोही व्यक्तिहरूले वास्तवमा स्वर्गदूतहरूको भाषामा बोल्छन् भनेर पावल विचार गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु

म ठूलो, रीसउठ्दो आवाज निकाल्ने बाजाहरू जस्तै भएको हुन्छु (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

घण्टा

एउटा ठूलो, पातलो, गोलो द्यातुको पाता जसलाई केही कुराले मोरेको एउटा डन्डाले हिर्काएर ठूलो आवाज निकालिन्छ (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

झ्याइँ-झ्याइँ गर्ने झ्याली

द्यातुका पातला दुईवटा पाताहरू जसलाई एकसाथ हिर्काएर ठूलो आवाज निकालिन्छ (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

म आफ्नो शरीर जलाउन दिन्छु

“जलाउनलाई” भन्‍ने शब्दलाई कर्तृ वाच्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मलाई सताउनेहरूलाई मलाई जलाएर मार्ने अनुमति दिन्छु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

अनुवादका शब्‍दहरू