Door43-Catalog_ne_tn/1co/12/28.md

2.3 KiB

पहिलो प्रेरितहरू

सम्भावित अर्थहरू हुन् १) “मैले उल्‍लेख गर्ने पहिलो वरदान भनेको प्रेरितहरू हो” वा २) सबैभन्दा महत्त्वपूर्ण वरदान प्रेरितहरू हो ।”

सहयोग प्रदान गर्नेहरू

“अरू विश्‍वासीहरूलाई सहयोग गर्नेहरू”

प्रशासनको काम गर्नेहरू

“मण्डलीका प्रशासकहरू”

जोसँग विभिन्‍न भाषाको वरदान छ

एउटा व्यक्ति जसले एक वा एकभन्दा बढी अन्जान भाषाहरूमा उक्त भाषाको अध्ययन नगरीकनै बोल्न सक्छ

के तिनीहरू सबै प्रेरितहरू हुन् ? के सबै अगमवक्ताहरू हुन् ? के सबै शिक्षकहरू हुन् ? के सबैले शक्तिशाली कार्यहरू गर्छन् ?

आफ्‍ना पाठकहरूले पहिले नै जानेका कुराहरूको पावलले तिनीहरूलाई स्‍मरण गराउँछन् । वैकल्पिक अनुवादः “तिनीहरूमध्ये कोही मात्रै अगमवक्ताहरू हुन् । तिनीहरूमध्ये कोही मात्रै शिक्षकहरू हुन् । तिनीहरूमध्ये कसै-कसैले मात्रै शक्तिशाली कार्यहरू गर्छन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू