Door43-Catalog_ne_tn/1co/12/12.md

3.1 KiB

जोड्ने कथनः

परमेश्‍वरले विश्‍वासीहरूलाई दिनुहुने विभिन्‍न किसिमका वरदानहरूको बारेमा पावलले कुरा गरिरहन्छन्, परमेश्‍वरले विभिन्‍न वरदानहरू विभिन्‍न विश्‍वासीहरूलाई दिनुहुन्छ, तर तिनीहरूले यो कुरा जानेको पावल इच्‍छा गर्छन् कि सबै विश्‍वासीहरूलाई एउटै शरीर बनाइएको हुन्छ, जसलाई ख्रीष्‍टको शरीर भनिन्‍छ । यही कारणले विश्‍वासीहरूसँग एकता हुनुपर्छ ।

किनकि एउटै आत्माद्वारा हामीहरू सबैको बप्‍तिस्मा भएको थियो

सम्भावित अर्थहरू हुन् १) पवित्र आत्मा नै हुनुहुन्छ जसले हामीलाई बप्‍तिस्मा दिनुहुन्छ, “किनभने एउटै आत्माले हामीलाई बप्‍तिस्मा दिनुभयो” वा २) बप्‍तिस्‍माको पानी झैँ आत्‍मा माध्‍यम हुनुहुन्‍छ जसद्वारा हामी सबै जनाले शरीरमा बप्‍तिस्‍मा पाएका छौँ, “किनकि एउटै आत्‍मामा हामी सबैको बप्‍तिस्‍मा भयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामी सबैलाई एउटै आत्मा दिनुभएको छ, र जसरी मानिसहरूले पिउने कुरा बाँड्न सक्छन्, त्यसै गरी हामीले आत्मा बाँड्छौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

अनुवादका शब्‍दहरू