Door43-Catalog_ne_tn/1co/08/intro.md

2.2 KiB

१ कोरिन्थीहरू ०८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ८:६ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो । ८-१० का अध्यायहरूले एउटा एकल एकाईको निर्माण गर्छ, जसले यस प्रश्‍नको जवाफ दिन्छः “के कुनै मूर्तिलाई चढाइएको मासु खान ग्रहणयोग्‍य छ ?”

यस अध्यायमा भएका विशेष अवधारणाहरू

== मूर्तिहरूलाई चढाइएको मासु == पावलले मूर्तिहरू भनेका वास्तवमा अस्तित्व नै नभएका ईश्‍वरहरू हुन् भन्दै तिनीहरूको प्रश्‍नको जवाफ दिन्छन्, र त्यसैले त्यो मासुमा केही समस्या छैन । तापनि, कोही व्यक्ति जसले ख्रीष्‍टिएनको यो मासु खान हुने स्‍वतन्त्रतालाई बुझेको हुँदैन, उसले कुनै ख्रीष्‍टिएनले खाइरहेको देख्‍न सक्छ र मूर्तिपूजाको कार्यस्‍वरूप सो मासु खान प्रेरित हुन सक्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>