Door43-Catalog_ne_tn/1co/04/intro.md

3.2 KiB

१ कोरिन्थीहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ४:६ को अन्तिम पङ्क्तिलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एउटा उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

घमण्‍ड

पावलले कोरिन्थीहरूको घमण्‍डलाई प्रेरितहरूको नम्रतासँग विपरीतमा भएको देखाउँछन् । कोरिन्थी विश्‍वासीहरूसँग घमण्‍डी हुनलाई कुनै कारण नै छैन किनकि तिनीहरूसँग भएका सबैथोक, र तिनीहरू जे जति हुन्, त्यो परमेश्‍वरबाटको एउटा वरदान हो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/apostle)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कार

त्यहाँ यस अध्यायमा धेरै अलङ्कारहरू छन् । प्रेरितहरूलाई सेवकहरूको रूपमा वर्णन गरिएको छ । पावलले एउटा विजय र्‍यालीको बारेमा कुरा गर्छन् जहाँ प्रेरितहरू कैदीहरू हुन् जो मारिनेछन् । उनले सजायलाई जनाउनलाई लौरोको प्रयोग गर्छन् । उनले आफूलाई तिनीहरूको पिता बोलाउँछन् किनकि उनी तिनीहरूका “आत्मिक पिता” हुन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///tw/dict/bible/kt/spirit]])

व्‍यङ्ग्‍य

पावलले कोरिन्थीहरूको घमण्‍डलाई शर्ममा पार्नलाई व्यङ्ग्‍यको प्रयोग गर्छन् । कोरिन्थी विश्‍वासीहरूले राज गरिरहेका छन् तर प्रेरितहरूले दुःख भोग गरिरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

सम्बन्धित खण्‍डहरूः

<< | >>