101 KiB
101 KiB
1 | Book | Chapter | Verse | ID | SupportReference | OrigQuote | Occurrence | GLQuote | OccurrenceNote |

2 | TIT | front | intro | m2jl | 0 | # तीतसको परिचय

## भाग १: सामान्य परिचय

### तीतसको पुस्तकको रूपरेखा

१. पावलले तीतसलाई धर्मी अगुवाहरू चुन्नलाई निेर्देशन दिन्छन् (१:१-१६)
१. पावलले मानिसहरूलाई धर्मी जीवन जिउनलाई तालिम दिनको लागि निर्देशन दिन्छन् (२:१-३:११)
१. पावलले उनका केही योजनाहरू बाँडेर र विभिन्न विश्वासीहरूलाई अभिवादन पठाएर अन्त गर्छन् (३:१२-१५)

### तीतसको पुस्तक कसले लेखे ?

पावलले तीतसको पुस्तक लेखे । पावल टार्सस सहरबाटका थिए । उनलाई उनको पहिलेको जीवनमा शाऊल भनेर चिनिएको थियो । ख्रीष्टिएन हुनभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भइसकेपछि, उनी थुप्रै पटक रोमी साम्राज्यभरी मानिसहरूलाई येशूको बारेमा बताउँदै यात्रा गरे ।

### तीतसको पुस्तक केको बारेमा हो ?

पावलले यो पत्र उनको सङ्गी सेवक, तीतसलाई लेखे, जसले क्रेटको टापूमा भएका मण्डलीहरूलाई अगुवाइ गरिरहेका थिए । पावलले उनलाई मण्डलीका अगुवाहरू छान्ने विषयमा निर्देशनहरू दिए । विश्वासीहरूले एक अर्कासँग कसरी व्यवहार गर्नुपर्छ भन्ने विषयमा पनि पावलले वर्णन गरे । उनले तिनीहरू सबैलाई परमेश्वरलाई प्रसन्न तुल्याउने किसिमले जीवन जिउनलाई पनि प्रोत्साहन गरे ।

### यस पुस्तकको शीर्षकको कसरी अनुवाद हुनुपर्छ ?

अनुवादकहरूले यसलाई यसको पारम्परिक नाम, “तीतस” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा तिनीहरूले अझ स्पष्ट शीर्षकलाई छान्न सक्छन्, जस्तै, “तीतसलाई पावलको पत्र” वा “तीतसको लागि एक पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

## भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

### मानिसहरूले के-के भूमिकाहरूमा मण्डलीभित्र सेवा गर्न सक्छन् ?

कुनै स्त्री वा छोडपत्र गरेका पुरुषले मण्डलीभित्र अगुवापनको पदहरूमा सेवा गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा तीतसको पुस्तकमा त्यहाँ केही शिक्षाहरू छन् । यी शिक्षाहरूको अर्थलाई लिएर विद्वानहरू फरक-फरक मत राख्छन् । यस पुस्तकको अनुवाद गर्न अगाडि यी विषयहरूमा थप अध्ययन गर्न आवश्यक हुन सक्छ ।

## भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

### “तिमी”को एकवचन र बहुवचन

यस पुस्तकमा, “म” शब्दले पावललाई जनाउँछ । साथै, “तिमी” शब्द लगभग सधैँ एकवचन हो र त्यसले तीतसलाई जनाउँछ । यसको अपवाद ३:१५ हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]])

### “परमेश्वर हाम्रा मुक्तिदाता”को अर्थ के हो ?

यो यस पत्रमा एउटा सामान्य वाक्यांश हो । परमेश्वरले कसरी उहाँको विरुद्धमा पाप गरेको कुराको लागि तिनीहरूलाई ख्रीष्टमा क्षमा गर्नुभयो, र उहाँले सबै मानिसहरूको न्याय गर्दा तिनीहरूलाई क्षमा दिएर उहाँले कसरी बचाउनुभयो भन्ने कुरा पाठकहरूलाई विचार गर्न लगाउन पावलले खोजेका हुन् । यस पत्रमा भएको त्यस्तै समान वाक्यांश चाहिँ “हाम्रा महान् परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्ट” भन्ने हो । | |||
3 | TIT | 1 | intro | c7me | 0 | # तीतस ०१ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

पदहरू १-४ मा पावलले यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखकहरूले धेरैपटक यसरी नै तिनीहरूको पत्र सुरु गर्थे ।

पदहरू ६-९ मा, कुनै मानिस मण्डलीमा एक एल्डर हुने हो भने उसमा हुनुपर्ने विभिन्न गुणहरूको पावलले सूची बनाउँछन् । (हेर्नुहोस्ः rc://ne/ta/man/translate/figs-abstractnouns) पावलले १ तिमोथी ३ मा त्यस्तै खालको सूची दिन्छन् ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### एल्डरहरू

मण्डलीले मण्डलीका अगुवाहरूका लागि विभिन्न शीर्षकहरूको प्रयोग गरेको छ । ती केही शीर्षकहरूमा निरीक्षक, एल्डर, पास्टर, र बिशप पर्छन् ।

## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

### गर्नुपर्छ, हुन सक्छ, हुनै पर्छ

यूएलटीले विभिन्न शब्दहरूको प्रयोग गर्छ जसले आवश्यकताहरू वा दायित्वहरूलाई सङ्केत गर्छ । यी क्रियापदहरूमा फरक-फरक मात्राको जोड दिइएको हुन्छ । सूक्ष्म भिन्नताहरूलाई अनुवाद गर्न कठिन हुन सक्छ । यूएसटीले यी क्रियापदहरूलाई बढी सामान्य किसिमले अनुवाद गर्छ । | |||
4 | TIT | 1 | 1 | rtc9 | κατὰ πίστιν | 1 | ... को विश्वासको लागि | ... को विश्वासलाई दह्रिलो बनाउन | |
5 | TIT | 1 | 1 | xyz8 | figs-abstractnouns | ἐπίγνωσιν | 1 | सत्यताको ज्ञान | “सत्यता” र “ज्ञान” भनेका भाववाचक नाउँहरू हुन् । यिनीहरूलाई व्यक्त गर्ने फरक तरिकाहरूको लागि यूएसटीमा हेर्नुहोस् । पावल मानिसहरूले परमेश्वर र ख्रीष्टको बारेमा सत्य सन्देश जानेका चाहन्छन् ताकि तिनीहरू परमेश्वरलाई प्रसन्न बनाउने तवरले जिउन सकून् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]]) |
6 | TIT | 1 | 1 | fyf8 | τῆς κατ’ εὐσέβειαν | 1 | जुन धार्मिकतासँग सहमत हुन्छ | “जुन परमेश्वरलाई सम्मान गर्नलाई सुहाउँदो छ” | |
7 | TIT | 1 | 2 | xyz9 | ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου | 1 | अनन्त जीवनको लागि निश्चित आशासहित | “जसले हामीलाई अनन्त जीवनको निश्चित आशा दिनुहुन्छ” वा “अनन्त जीवनको लागि हाम्रो निश्चित आशाको आधारमा” | |
8 | TIT | 1 | 2 | r2gj | πρὸ χρόνων αἰωνίων | 1 | समयको सबै युग अगि | “समय सुरु हुनभन्दा अगाडि” | |
9 | TIT | 1 | 3 | b22h | καιροῖς ἰδίοις | 1 | ठीक समयमा | “उचित समयमा” | |
10 | TIT | 1 | 3 | swi9 | figs-metaphor | ἐφανέρωσεν…τὸν λόγον αὐτοῦ | 1 | उहाँले आफ्नो वचन प्रकट गराउनुभयो | पावलले परमेश्वरको सन्देशको विषयमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै वस्तु हो जुन मानिसहरूले देख्ने किसिमले प्रदर्शित गराउन मिल्छ । वैकल्पिक अनुवादः “उहाँले मलाई उहाँको सन्देश बुझ्ने तुल्याउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
11 | TIT | 1 | 3 | abc9 | ἐν κηρύγματι | 1 | घोषणाद्वारा | “सन्देशको घोषणाद्वारा” | |
12 | TIT | 1 | 3 | m41u | figs-activepassive | ὃ ἐπιστεύθην ἐγὼ | 1 | जुन कुरा मलाई जिम्मा लगाइएको थियो | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उहाँले मलाई सुम्पनुभयो” वा “उहाँले मलाई प्रचार गर्ने जिम्मेवारी दिनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
13 | TIT | 1 | 3 | dpn4 | τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ | 1 | परमेश्वर हाम्रा मुक्तिदाताको | “परमेश्वरको, जसले हामीलाई बचाउनुहुन्छ” | |
14 | TIT | 1 | 3 | xy18 | figs-inclusive | ἡμῶν | 1 | हाम्रो | यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
15 | TIT | 1 | 4 | gu55 | figs-metaphor | γνησίῳ τέκνῳ | 1 | एक साँचो छोरो | हुन त तीतस पावलका वास्तविक छोरा थिएनन्, ख्रीष्टमा तिनीहरूको साझा विश्वास छ । त्यसैले, ख्रीष्टमा पावलले तीतसलाई आफ्नै छोरा समान ठान्छन् । वास्तविक बाबुछोराको सम्बन्धभन्दा पावलले विश्वासद्वाराको ख्रीष्टसँगको सम्बन्धलाई बढी महत्त्वपूर्ण ठान्छन् । त्यसैले, तिनीहरूको उमेरको हिसाबले र ख्रीष्टमा भएको साझा विश्वासको खातिर, पावलले तीतसलाई उनको आफ्नै छोरा ठान्छन् । यसो पनि भएको हुन सक्छ कि पावलले तीतसलाई ख्रीष्टमा विश्वासमा डोहोर्याएका थिए, र त्यसैले यस आत्मिक बुझाइमा तीतस एक छोरा जस्तै हुन् । वैकल्पिक अनुवादः “तिमी मेरा निम्ति छोराजस्तै हौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
16 | TIT | 1 | 4 | wx6c | κοινὴν πίστιν | 1 | हाम्रो साझा विश्वास | पावल र तीतस दुवैसँग ख्रीष्टमा एउटै विश्वास छ । वैकल्पिक अनुवादः “किनभने हामी दुवैले ख्रीष्टमा विश्वास गर्छौँ” | |
17 | TIT | 1 | 4 | h93t | figs-ellipsis | χάρις καὶ εἰρήνη | 1 | अनुग्रह र शान्ति | यो पावलले प्रयोग गर्ने प्रचलित अभिवादन थियो । बुझिएको जानकारीलाई तपाईंले स्पष्टसँग उल्लेख गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले दया र भित्री शान्ति अनुभव गरेका होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]]) |
18 | TIT | 1 | 4 | s3yr | Χριστοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν | 1 | ख्रीष्ट येशू हाम्रा मुक्तिदाता | “ख्रीष्ट येशू जो हाम्रा मुक्तिदाता हुनुहुन्छ” | |
19 | TIT | 1 | 4 | xy17 | figs-inclusive | ἡμῶν | 1 | हाम्रो | यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
20 | TIT | 1 | 5 | ew8h | grammar-connect-logic-goal | τούτου χάριν | 1 | यस उद्देश्यको लागि | संयोजक वाक्यांश “यस उद्देश्यको लागि” भन्ने कुराले पावलले तीतसलाई क्रेटमा छोड्दा उनले पूरा गर्न चाहेको लक्ष्यलाई (मण्डलीमा एल्डरहरूको अभिषेक गर्न) परिचय गराउँछ । वैकल्पिक अनुवादः “यही कारण हो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/grammar-connect-logic-goal]]) |
21 | TIT | 1 | 5 | lh9b | ἀπέλιπόν σε ἐν Κρήτῃ | 1 | मैले तिमीलाई क्रेटमा छाडेँ | “मैले तिमीलाई क्रेटमा बस्नलाई भनेँ” | |
22 | TIT | 1 | 5 | ga62 | ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ | 1 | कि तिमीले अझ पुरा नगरिएका कुराहरूलाई मिलाउन सक | “ताकि गर्न आवश्यक परेका कुराहरू तिमीले प्रबन्ध गरेर सिद्ध्याऊ” | |
23 | TIT | 1 | 5 | b52u | καταστήσῃς…πρεσβυτέρους | 1 | एल्डरहरूलाई अभिषेक गर | “एल्डरहरूलाई नियुक्त गर” वा “एल्डरहरू छान” | |
24 | TIT | 1 | 5 | p56w | πρεσβυτέρους | 1 | एल्डरहरू | सुरुका मण्डलीहरूमा, ख्रीष्टिएन एल्डरहरूले विश्वासीहरूको सभालाई आत्मिक अगुवाइ प्रदान गर्थे । | |
25 | TIT | 1 | 6 | wja4 | 0 | जोड्ने कथनः | तीतसलाई क्रेटको टापूमा भएका प्रत्येक सहरमा एल्डरहरू अभिषेक गर्नलाई बताए पश्चात, पावलले एल्डरहरूमा हुनुपर्ने आवश्यकताहरू बताउँछन् । | ||
26 | TIT | 1 | 6 | jen8 | εἴ τίς ἐστιν ἀνέγκλητος | 1 | एक एल्डर दोषरहित हुनुपर्छ | “दोषरहित” हुनु भनेको खराब काम नगर्ने व्यक्तिको रूपमा चिनिनु हो । वैकल्पिक अनुवादः “एक एल्डर दोष नभएको व्यक्ति हुनुपर्छ” वा “एक एल्डर खराब पहिचान भएको व्यक्ति हुनुहुँदैन” | |
27 | TIT | 1 | 6 | q6uy | figs-explicit | μιᾶς γυναικὸς ἀνήρ | 1 | एक पत्नीको पति | यसको अर्थ हो कि उसको एउटै मात्र पत्नी छ, अर्थात, उसका अन्य पत्नीहरू वा उपपत्नीहरू छैनन् । यसको अर्थ यो पनि हुन्छ कि उसले व्यभिचार गर्दैन र यसो पनि अर्थ दिन सक्छ कि उसले पहिलेको पत्नीसँग विवाहविच्छेद गरेको छैन । वैकल्पिक अनुवादः “एक मानिस जसको एउटै मात्र स्त्री छ” वा “एक मानिस जो आफ्नी पत्नीप्रति विश्वासयोग्य छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]]) |
28 | TIT | 1 | 6 | wd6q | τέκνα…πιστά | 1 | विश्वासयोग्य छोराछोरीहरू | सम्भावित अर्थहरू हुन् १) येशूमा विश्वास गर्ने छोराछोरीहरू वा २) भर पर्न मिल्ने छोराछोरीहरू । | |
29 | TIT | 1 | 7 | lz7x | τὸν ἐπίσκοπον | 1 | निरीक्षक | यो आत्मिक अगुवाइको त्यही ओहदाको लागि भएको अर्को नाम हो जुन पावलले १:६ मा उल्लेख गरे । यो नामले एल्डरको कार्यमा ध्यानकेन्द्रित गर्छः उनले मण्डलीका क्रियाकलापहरू र मानिसहरूको निरीक्षण गर्छन् । | |
30 | TIT | 1 | 7 | g2zf | figs-metaphor | Θεοῦ οἰκονόμον | 1 | परमेश्वरको घरको प्रबन्धक | पावल मण्डलीको बारेमा यसरी कुरा गर्छन् मानौँ त्यो परमेश्वरको घराना हो र निरीक्षकको विषयमा यसरी बताउँछन् मानौँ त्यो व्यक्ति चाहिँ त्यस घरानाको प्रबन्ध मिलाउने जिम्मा पाएका सेवक हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
31 | TIT | 1 | 7 | d6l1 | μὴ πάροινον | 1 | मद्यपानको लत नभएको | “जँडुवा होइन” वा “धेरै मद्य पिउने व्यक्ति हुनुहुँदैन” | |
32 | TIT | 1 | 7 | j1qq | μὴ πλήκτην | 1 | झगडालु होइन | “हिंस्रक व्यक्ति हुनुहुँदैन” वा “झगडा गर्न रुचाउने व्यक्ति हुनुहुँदैन” | |
33 | TIT | 1 | 8 | i549 | grammar-connect-logic-contrast | ἀλλὰ | 1 | बरु | संयोजक शब्द “बरु”ले एक एल्डर नहुन पर्ने कुराहरू (जुन पावलले अघि नै उल्लेख गरिसकेका छन्) र एक एल्डर हुन पर्ने कुराहरूको (जुन पावलले अब भन्न लागेका छन्) बीचमा भएको अन्तरलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/grammar-connect-logic-contrast]]) |
34 | TIT | 1 | 8 | vkq1 | φιλάγαθον | 1 | असल कुराको मित्र | “असल कुरा गर्न मन पराउने व्यक्ति” | |
35 | TIT | 1 | 8 | xy11 | figs-doublet | σώφρονα…ἐγκρατῆ | 1 | समझदार ... आत्म-संयमित | यी दुई शब्दहरूको एकदमै समान अर्थ हुन्छ र यदि लक्षित भाषामा दुई समान शब्दहरू छैन भने एउटै शब्दले पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]]) |
36 | TIT | 1 | 8 | xy12 | figs-doublet | δίκαιον, ὅσιον | 1 | धर्मी, पवित्र | यी दुई शब्दहरूको एकदमै समान अर्थ हुन्छ र यदि लक्षित भाषामा दुई समान शब्दहरू छैन भने एउटै शब्दले पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]]) |
37 | TIT | 1 | 9 | xwy6 | figs-metaphor | ἀντεχόμενον | 1 | उसले दह्रिलो गरी पक्रनुपर्छ | ख्रीष्टिएन विश्वासप्रतिको भक्तिको विषयमा पावलले यसरी बताउँछन् मानौँ त्यो भनेको कोही व्यक्तिले विश्वासलाई आफ्ना हातहरूले पक्रने कुरा जस्तै हो । वैकल्पिक अनुवादः “ऊ ... प्रति समर्पित हुनुपर्छ” वा “उसले राम्ररी जान्नुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
38 | TIT | 1 | 9 | xy10 | κατὰ τὴν διδαχὴν | 1 | जुन शिक्षा अनुसार छ | “जुन हामीले उसलाई सिकाएको कुरासँग सहमत हुन्छ” | |
39 | TIT | 1 | 9 | abcj | grammar-connect-logic-result | ἵνα | 1 | ताकि | संयोजक शब्द “बरु”ले कारण-परिणामको सम्बन्धलाई परिचय गराउँछ । कारण चाहिँ एल्डरले विश्वासयोग्य सन्देशलाई बलियो गरी पक्रनु हो, र परिणाम चाहिँ एल्डर अरूहरूलाई उत्साहित गर्न र उनको विरोध गर्नेहरूलाई हप्काउन सक्षम हुँदैनन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/grammar-connect-logic-result]]) |
40 | TIT | 1 | 9 | pzi1 | τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ | 1 | असल शिक्षा | “असल”ला लागि ग्रीकमा भएको शब्दले सामान्यतया शारीरिक स्वास्थ्यलाई जनाउँछ । पावलले यो शिक्षाको विषयमा यसरी बताउँछन् मानौँ यसलाई विश्वास गर्नेहरूलाई यसले आत्मिक रूपमा बिरामी बनाउनुको साटोमा आत्मिक रूपमा स्वस्थ बनाउँछ । | |
41 | TIT | 1 | 10 | xsq9 | 0 | जोड्ने कथनः | परमेश्वरको वचनको विरोध गर्नेहरूका कारण, पावलले तीतसलाई परमेश्वरको वचन प्रचार गर्नको लागि कारणहरू दिन्छन् र उनलाई झूटा शिक्षकहरूको बारेमा चेतावनी दिन्छन् । | ||
42 | TIT | 1 | 10 | w9kk | ἀνυπότακτοι, ματαιολόγοι | 1 | विद्रोही, खोक्रा कुरा गर्नेहरू | यिनीहरू विद्रोही मानिसहरू हुन् जसले सुसमाचारको सन्देशको पालना गर्दैनन् । यहाँ “खोक्रो” भनेको बेकारको कुराको लागि एउटा अलङ्कार हो, र “खोक्रा कुरा गर्नेहरू” भनेको ती मानिसहरूको लागि अलङ्कार हो जसले व्यर्थको र मूर्ख कुराहरू गर्छन् । वैकल्पिक अनुवादः “ती मानिसहरू जसले आज्ञापालन गर्न मान्दैनन् र जसले व्यर्थका कुराहरू भन्छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) | |
43 | TIT | 1 | 10 | ga6n | φρεναπάται | 1 | छल गर्नेहरू | यसले ती मानिसहरूको वर्णन गर्छ जसले पावलले प्रचार गर्ने साँचो सुसमाचारभन्दा बाहेकको केही फरक कुरामा मानिसहरूलाई विश्वास गर्नलाई मनाउन सक्रिय रूपमा कोसिस गरिरहेका छन् । वैकल्पिक अनुवादः “ती मानिसहरू जसले अरूहरूलाई असत्य कुराहरूमा विश्वास गर्नलाई मनाउँछन्” | |
44 | TIT | 1 | 10 | abcd | figs-hendiadys | ματαιολόγοι, καὶ φρεναπάται | 1 | खोक्रा कुरा गर्नेहरू र छलीहरू | “खोक्रा कुरा गर्नेहरू” र “छलीहरू” दुवैले एउटै मानिसहरूलाई जनाउँछ । तिनीहरूले झूटा, व्यर्थका कुराहरू सिकाए र मानिसहरूले ती विश्वास गरेको चाहे । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hendiadys]]) |
45 | TIT | 1 | 10 | pu74 | figs-metonymy | οἱ ἐκ τῆς περιτομῆς | 1 | खतना भएकाहरू | यसले यहूदी ख्रीष्टियनहरूलाई जनाउँछ जसले ख्रीष्टलाई पछ्याउनलाई मानिसहरूले खतना गर्नु पर्छ भनेर सिकाउँथे । यो शिक्षा झूटो हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]]) |
46 | TIT | 1 | 11 | f4iy | οὓς δεῖ ἐπιστομίζειν | 1 | तिनीहरूलाई रोक्न आवश्यक छ | “तिमीले तिनीहरूलाई तिनीहरूका शिक्षा फैलाउनबाट रोक्न नै पर्छ” वा “कसैले तिनीहरूका वचनहरूद्वारा अरूहरूलाई प्रभाव पार्नबाट तिनीहरूलाई रोक्न नै पर्छ” | |
47 | TIT | 1 | 11 | aqi5 | ὅλους οἴκους ἀνατρέπουσιν | 1 | तिनीहरूले सारा घरानाहरूलाई भड्काइरहेका छन् | “तिनीहरूले सम्पूर्ण परिवारहरूलाई बर्बाद गरिरहेका छन् ।” विषय यो थियो कि तिनीहरूले परिवारहरूलाई सत्यताबाट अन्यत्र भड्काइरहेका थिए र तिनीहरूको विश्वासलाई नष्ट पारिरहेका थिए । | |
48 | TIT | 1 | 11 | tw4e | διδάσκοντες ἃ μὴ δεῖ | 1 | तिनीहरूले सिकाउन नहुने कुराहरू सिकाउँदै | यी ती कुराहरू हुन् ख्रीष्ट र व्यवस्थाको विषयलाई लिएर सिकाउन हुँदैन किनभने ती सत्य होइनन् । | |
49 | TIT | 1 | 11 | at7c | αἰσχροῦ κέρδους χάριν | 1 | लाजमर्दो लाभको लागि | यसले मानिसहरूले आदरणीय नहुने थोकहरू गरेर बनाएको लाभलाई जनाउँछ । | |
50 | TIT | 1 | 12 | tr1j | τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης | 1 | तिनीहरूका आफ्नै अगमवक्ताहरूमध्ये एक जना | “एक क्रेटवासीले आफैँलाई एक अगमवक्ताको रूपमा मानेको हुन सक्छ” | |
51 | TIT | 1 | 12 | y3zb | figs-hyperbole | Κρῆτες ἀεὶ ψεῦσται | 1 | क्रेटवासीहरू अनवरत रूपमा झूटो बोल्नेहरू हुन् | “क्रेटवासीहरू हर समय झूट बोलिरहन्छन् ।” यो एउटा अतिशयोक्ति हो जसको अर्थ क्रेटवासीहरू झूटाहरू हुन् भनी सुपरिचित थिए भन्ने हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hyperbole]]) |
52 | TIT | 1 | 12 | h3jb | figs-metaphor | κακὰ θηρία | 1 | दुष्ट पशु | यो अलङ्कारले क्रेटवासीहरूलाई खतरनाक जङ्गली पशुहरूसँग तुलना गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
53 | TIT | 1 | 12 | xyz1 | figs-synecdoche | γαστέρες ἀργαί | 1 | अल्छे पेटहरू | जतिबेला पनि खाइरहने मानिसको प्रतिनिधित्व गर्नलाई खानेकुराको सञ्चय गर्ने शरीरको भागलाई प्रयोग गरिएको छ । वैकल्पिक अनुवादः “अल्छे घिचुवाहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]]) |
54 | TIT | 1 | 13 | fif8 | δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως | 1 | यही कुराको कारण, तिनीहरूलाई कडा रूपमा हप्काऊ | “त्यसैकारण, तिनीले कडा भाषाको प्रयोग गर्नुपर्छ ताकि तिमीले तिनीहरूलाई सच्याउँदा क्रेटवासीहरूले बुझून्” | |
55 | TIT | 1 | 13 | abck | grammar-connect-logic-result | δι’ ἣν αἰτίαν | 1 | त्यसैकारण | संयोजक शब्दहरू “त्यसैकारण”ले कारण-परिणामको सम्बन्धलाई परिचय गराउँछ । कारण चाहिँ यो हो कि क्रेटका अगमवक्ताले उनका मानिसहरूको बारेमा भनेको कुरा सत्य हो (तिनीहरू झूटाहरू, दुष्ट, र अल्छे हुन्), र परिणाम चाहिँ यो हो कि तीतसले तिनीहरूलाई कडा तवरले हप्काउनुपर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/grammar-connect-logic-result]]) |
56 | TIT | 1 | 13 | je3r | ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει | 1 | ताकि तिनीहरूसँग असल विश्वासमा होस् | “असल”को बारेमा [तीतस १:९](../01/09/pzi1) मा भएको टिप्पणीलाई हेर्नुहोस् । वैकल्पिक अनुवादः “ताकि तिनीहरूसँग स्वस्थ विश्वास हुन सकोस्” वा “ताकि तिनीहरूको विश्वास साँचो हुन सकोस्” वा “ताकि तिनीहरूले परमेश्वरको बारेमा सत्य रहेको कुरालाई मात्र विश्वास गरून्” | |
57 | TIT | 1 | 13 | abcl | grammar-connect-logic-result | ἵνα | 1 | ताकि | संयोजक शब्द “ताकि”ले कारण-परिणामको सम्बन्धलाई परिचय गराउँछ । कारण चाहिँ यो हो कि एल्डरले क्रेटवासीहरूलाई कडा तवरमा गाली गर्छन्, र परिणाम चाहिँ यो हो कि क्रेटवासीहरूसँग असल विश्वास हुनेछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/grammar-connect-logic-result]]) |
58 | TIT | 1 | 13 | xyz2 | figs-abstractnouns | ἐν τῇ πίστει | 1 | विश्वासमा | यहाँ भाववाचक नामपद शब्द “विश्वास”ले मानिसहरूले परमेश्वरको बारेमा विश्वास गर्ने कुराहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “तिनीहरूले परमेश्वरको बारेमा विश्वास गर्ने कुरामा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]]) |
59 | TIT | 1 | 14 | abcm | grammar-connect-exceptions | μὴ | 1 | हुँदैन | संयोजक शब्द “हुँदैन”ले अपवादको वाक्यांशलाई परिचय गराउँछ । तीतसले यहूदी दन्त्य कथाहरू वा सत्यतालाई नपछ्याउने मानिसहरूको आज्ञाहरूलाई ध्यान दिन हुँदैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/grammar-connect-exceptions]]) |
60 | TIT | 1 | 14 | p28i | Ἰουδαϊκοῖς μύθοις | 1 | यहूदी दन्त्य कथाहरू | यसले यहूदीहरूका झूटा शिक्षाहरूलाई जनाउँछ । | |
61 | TIT | 1 | 14 | m4a5 | figs-metaphor | ἀποστρεφομένων τὴν ἀλήθειαν | 1 | सत्यताबाट फर्कनु | पावलले सत्यताको विषयमा यसरी कुरा गर्छन् मानौँ त्यो कुनै वस्तु हो जसबाट कोही व्यक्ति तर्किन सक्छ वा त्यसलाई छल्न सक्छ । वैकल्पिक अनुवादः “सत्यतालाई इन्कार गर्नु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
62 | TIT | 1 | 15 | qtb9 | πάντα καθαρὰ τοῖς καθαροῖς | 1 | शुद्ध हुनेहरूलाई सबैकुराहरू शुद्ध छन् | “यदि मानिसहरू भित्रबाट शुद्ध छन् भने, तिनीहरूले गर्ने सबै थोक शुद्ध नै हुन्छन्” वा “जब मानिसहरूसँग असल विचारहरू मात्रै हुन्छ, तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्वरलाई नराम्रो लाग्ने बनाउँदैन” | |
63 | TIT | 1 | 15 | nx42 | τοῖς καθαροῖς | 1 | तिनीहरूलाई जो शुद्ध छन् | “तिनीहरूलाई जो परमेश्वरको निम्ति स्वीकारयोग्य छन्” | |
64 | TIT | 1 | 15 | abcn | grammar-connect-logic-contrast | δὲ | 1 | तर | संयोजक शब्द “तर”ले शुद्ध मानिसहरू अनि भ्रष्ट र अविश्वासी मानिसहरूको बीचमा भएको अन्तरलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/grammar-connect-logic-contrast]]) |
65 | TIT | 1 | 15 | n3wk | figs-metaphor | τοῖς…μεμιαμμένοις καὶ ἀπίστοις, οὐδὲν καθαρόν | 1 | तिनीहरूलाई जो भ्रष्ट र अविश्वासी छन्, केही पनि कुरा शुद्ध हुँदैन | पावलले पापीहरूको विषयमा यसरी बताउँछन् मानौँ तिनीहरू शारीरिक रूपमा नै फोहोरी थिए । वैकल्पिक अनुवादः “यदि मानिसहरू नैतिक रूपमा दूषित भएका छन् र विश्वास गर्दैनन् भने, तिनीहरूले कुनै पनि शुद्ध कुरा गर्न सक्दैनन्” वा “जब मानिसहरू पाप र अविश्वासले भरिएका हुन्छन्, तिनीहरूले गर्ने कुनै पनि कुरा परमेश्वरलाई स्वीकारयोग्य हुँदैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
66 | TIT | 1 | 16 | abco | grammar-connect-logic-contrast | δὲ | 1 | तर | संयोजक शब्द “तर”ले ती भ्रष्ट मानिसहरूले भन्ने कुरा (तिनीहरूले परमेश्वरलाई जान्दछन्) र तिनीहरूका कार्यहरूले देखाएका कुराको (तिनीहरूले परमेश्वरलाई जान्दैनन्) बीचमा भएको अन्तरलाई परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/grammar-connect-logic-contrast]]) |
67 | TIT | 1 | 16 | i3l2 | τοῖς…ἔργοις ἀρνοῦνται | 1 | तिनीहरूले आफ्ना कार्यहरूद्वारा उहाँलाई इन्कार गर्छन् | “तिनीहरूले जिउने तरिकाले प्रमाणित गर्छ कि तिनीहरूले परमेश्वरलाई चिन्दैनन्” | |
68 | TIT | 1 | 16 | ja47 | βδελυκτοὶ ὄντες | 1 | तिनीहरू घृणास्पद छन् | “तिनीहरू घिनलाग्दा छन्” | |
69 | TIT | 2 | intro | h3il | 0 | # तीतस ०२ सामान्य टिपोटहरू

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### लैङ्गिक भूमिकाहरू

यस खण्डलाई त्यसको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको प्रकाशमा कसरी बुझ्ने भन्ने कुरामा विद्वानहरू विभाजित छन् । केही विद्वानहरूले विश्वास गर्छन् कि पुरुष र स्त्री हरेक कुरामा पूर्णतया बराबर हुन्छन् । अरू विद्वानहरूले मान्छन् परमेश्वरले पुरुष र स्त्रीलाई विवाह र मण्डलीमा भिन्न-भिन्न भूमिकामा सेवा गर्नको लागि बनाउनुभयो । अनुवादकहरू होशियार हुनुपर्छ कि तिनीहरूले यो विषयलाई बुझ्ने तरिकाले तिनीहरूले यो खण्डको अनुवाद गर्ने तरिकालाई असर नगरोस् ।

### दासत्व

दासत्व असल हो वा खराब हो भनेर पावलले यस अध्यायमा लेख्दैनन् । पावलले सिकाउँछन् कि दासहरूले विश्वासयोग्यताका साथ तिनीहरूको मालिकको सेवा गर्नुपर्छ । उनले सबै विश्वासीहरूलाई हरेक अवस्थामा धर्मी हुन र ठीक तवरमा जिउनलाई सिकाउँछन् । | |||
70 | TIT | 2 | 1 | lfu1 | 0 | जोड्ने कथनः | पावलले तीतसलाई परमेश्वरको वचन प्रचार गर्ने कारणहरू दिइरहन्छन् र एल्डरहरू, वृद्ध तथा वृद्धा मानिसहरू, जवान मानिसहरू, दासहरू वा सेवकहरू विश्वासीहरूको रूपमा कसरी जिउनुपर्छ भनेर व्याख्या गर्छन् । | ||
71 | TIT | 2 | 1 | tpi2 | figs-explicit | σὺ δὲ | 1 | तर तिमी, जे मिल्दो छ सो भन | क्यू |
72 | TIT | 2 | 1 | ph2j | τῇ ὑγιαινούσῃ διδασκαλίᾳ | 1 | असल शिक्षासँग | [तीतस १:९](../01/09/pzi1) मा भएको टिप्पणीलाई हेर्नुहोस् । वैकल्पिक अनुवादः “उचित सिद्धान्तसँग” वा “ठीक शिक्षाहरूसँग” | |
73 | TIT | 2 | 2 | xyz3 | figs-ellipsis | πρεσβύτας…εἶναι | 1 | वृद्ध मानिसहरू ... हुनुपर्छ | ग्रीकमा “हुनुपर्छ” भन्ने शब्द छैन केवल “वृद्ध मानिसहरू ... ” मात्र छ । अघिल्लो पदमा भएको “भन्नु”को अवधारणाबाट लिएर हामीले यहाँ एउटा क्रियापद प्रदान गर्नुपर्ने हुन्छ, जस्तै “सिकाउनु” वा “अर्ती दिनु” । वैकल्पिक अनुवादः “वृद्ध मानिसहरूलाई ... हुन सिकाऊ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]]) |
74 | TIT | 2 | 2 | xy13 | figs-doublet | νηφαλίους…σεμνούς, σώφρονας | 1 | संयमी, सम्मानित, समझदार | यी तीन शब्दहरूको अर्थ धेरै मिल्दोजुल्दो छ र यदि लक्षित भाषामा तीन अलग शब्दहरू छैनन् भने एक वा दुई शब्दहरूमा जोडेर राख्न सकिन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]]) |
75 | TIT | 2 | 2 | xc6t | νηφαλίους | 1 | संयमी | “शान्त विचार भएका” वा “आत्मसंयमी” | |
76 | TIT | 2 | 2 | y3j2 | εἶναι…σώφρονας | 1 | समझदार हुन | “तिनीहरूका चाहनाहरूलाई नियन्त्रण गर्न” | |
77 | TIT | 2 | 2 | m14y | figs-abstractnouns | ὑγιαίνοντας τῇ πίστει | 1 | विश्वासमा, प्रेममा र सहनशीलतामा असल | यहाँ “असल” शब्दको अर्थ दृढ वा नडगमगाउने हुनु हो । भाववाचक नामपद शब्दहरू “विश्वास”, “प्रेम”, र “सहनशीलता”लाई क्रियापदहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “र तिनीहरूले परमेश्वरको बारेमा भएका सत्य शिक्षाहरूलाई बलियो गरी विश्वास गर्नुपर्छ, साँचो रूपमा अरूहरूलाई प्रेम गर्नुपर्छ, र कठिन अवस्थाहरूमा पनि निरन्तर परमेश्वरको सेवा गर्नुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]]) |
78 | TIT | 2 | 2 | abc1 | figs-abstractnouns | ὑγιαίνοντας τῇ πίστει | 1 | विश्वासमा असल | “विश्वासमा असल” को बारेमा [तीतस १:१३](../01/13/je3r) मा भएको टिप्पणीलाई हेर्नुहोस् । |
79 | TIT | 2 | 2 | abc2 | 1 | असल | [तीतस १:९](../01/09/pzi1) मा भएको टिप्पणीलाई हेर्नुहोस् । | ||
80 | TIT | 2 | 3 | gl8e | figs-ellipsis | πρεσβύτιδας ὡσαύτως | 1 | त्यसैगरी वृद्ध स्त्रीहरू पनि ... हुनुपर्छ | ग्रीकमा “हुनुपर्छ” भन्ने शब्द छैन केवल “त्यसैगरी वृद्ध स्त्रीहरू ... ” मात्र छ । अघिल्ला दुई पदहरूमा भएका क्रियापदको ढाँचालाई हामीले निरन्तरता दिनुपर्ने हुन्छ र त्यसलाई यहाँ पनि प्रयोग गर्नुपर्ने हुन्छ, जस्तै, “सिकाउनु” वा “अर्ती दिनु” । वैकल्पिक अनुवादः “त्यसैगरी, वृद्ध स्त्रीहरूलाई ... सिकाऊ” वा “साथै, वृद्ध स्त्रीहरूलाई सिकाऊ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]]) |
81 | TIT | 2 | 3 | v9cp | διαβόλους | 1 | निन्दा गर्नेहरू | यो शब्दले ती मानिसहरूलाई जनाउँछ जसले अरू मानिसहरूको बारेमा खराब कुराहरू गर्छन् चाहे ती सत्य वा झूटा होऊन् । | |
82 | TIT | 2 | 3 | g9re | figs-metaphor | οἴνῳ πολλῷ δεδουλωμένας | 1 | अथवा धेरै मद्यको दासहरू बनेको | आफैँलाई नियन्त्रण गर्न नसक्ने र अति धेरै मद्य पिउने मानिसहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू मद्यका दास हुन् । वैकल्पिक अनुवादः “र तिनीहरूका मद्य पिउने चाहनाहरूद्वारा नियन्त्रित होइन” वा “र मद्यको कुलतमा परेको होइन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
83 | TIT | 2 | 3 | xyz4 | figs-activepassive | οἴνῳ πολλῷ δεδουλωμένας | 1 | अथवा धेरै मद्यको दासहरू बनेको | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै मद्य पिउनु हुँदैन” वा “तिनीहरूलाई मद्यको कुलतमा परेको हुनुहुँदैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
84 | TIT | 2 | 3 | abc4 | καλοδιδασκάλους | 1 | तर जे असल छ त्यसको शिक्षकहरू हुने | यहाँ प्रयोग गरिएको ग्रीक शब्दको अर्थ “असल कुराको शिक्षक” भन्ने हुन्छ । अघिका दुई खराब स्वभावहरू र यस असल स्वभावको बीचमा भएको अन्तरलाई देखाउनका निमित्त “तर ... हुनुपर्छ” भन्ने वाक्यांश अङ्ग्रेजीमा पछि थपिएको हो । असल र खराब स्वभावहरूको बीचमा भएको अन्तरलाई देखाउनको लागि यस्तै समान शब्द तपाईंले पनि प्रयोग गर्नुपर्छ कि भनेर विचार गर्नुहोस् । | |
85 | TIT | 2 | 4 | abc5 | φιλάνδρους | 1 | तिनीहरूका पतिहरूका प्रेमीहरू | “तिनीहरूका आफ्नै पतिहरूका प्रेमीहरू” | |
86 | TIT | 2 | 4 | abca | φιλοτέκνους | 1 | र तिनीहरूका छोराछोरीहरूका प्रेमीहरू | “तिनीहरूका आफ्नै छोराछोरीहरूका प्रेमीहरू” | |
87 | TIT | 2 | 5 | abcb | ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν | 1 | र तिनीहरूका आफ्नै पतिहरूका अधीनमा रहने | “र तिनीहरूका आफ्नै पतिहरूले भनेका कुराहरू मान्ने” | |
88 | TIT | 2 | 5 | t5v6 | figs-activepassive | ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται | 1 | ताकि परमेश्वरको वचनको अपमान नहोस् | यहाँ “वचन” शब्द “सन्देश”को लागि प्रतिस्थापन शब्द हो, जुन फेरि परमेश्वर आफैँको लागि प्रतिस्थापन शब्द हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि कसैले पनि परमेश्वरको वचनलाई अपमान नगरोस्” वा “ताकि परमेश्वरको सन्देशको बारेमा खराब कुराहरू गरेर कसैले पनि परमेश्वरलाई अपमान नगरोस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]]) |
89 | TIT | 2 | 6 | i3hv | ὡσαύτως | 1 | त्यसैगरी | तीतसले पाका उमेरका मानिसहरूलाई तालिम दिए जसरी नै जवान मानिसहरूलाई पनि तालिम दिनुपर्थ्यो । | |
90 | TIT | 2 | 7 | x73u | σεαυτὸν παρεχόμενος | 1 | आफैँलाई ... प्रस्तुत गर | “आफैँलाई ... भएको देखाऊ” वा “तिमी आफैँ ... हुनैपर्छ” | |
91 | TIT | 2 | 7 | ym6x | τύπον καλῶν ἔργων | 1 | असल कामहरूको एउटा उदाहरणको रूपमा | “ठीक र उचित थोकहरू गर्ने व्यक्तिको एउटा उदाहरणको रूपमा” | |
92 | TIT | 2 | 8 | xy14 | figs-doublet | ὑγιῆ | 1 | भ्रष्ट नभएको ... असल | यो शब्दको अर्थ २:७ मा भएको “भ्रष्ट नभएको” भने झैँ मूलभूत रूपमा उही अर्थ हुन्छ । २:७ मा, पावलले अर्थलाई नकारात्मक ढङ्गमा व्यक्त गर्छन्ः “भ्रष्ट नभएको”, जसको अर्थ “त्रुटि नभएको” हुन्छ, र २:८ मा, उनले त्यसको अर्थलाई सकारात्मक रूपमा व्यक्त गर्छन्ः “असल, पूर्ण”, जसको अर्थ “ठीक” हुन्छ । दुवै शब्दहरूले तीतसको शिक्षालाई जनाउँछन् । लक्षित भाषामा कि त सकारात्मक कि नकारात्मक शब्दहरूलाई प्रयोग गर्नुहोस्, वा यदि दुइटै शब्दहरूको प्रयोग गर्न कठिन छ भने एउटा मात्रै शब्द त्यसको अर्थसहित प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]]) |
93 | TIT | 2 | 8 | xt6v | figs-hypo | ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ | 1 | ताकि विरोध गर्ने व्यक्ति लज्जित होस् | यसले एउटा काल्पनिक परिस्थितिलाई प्रस्तुत गर्छ जहाँ कसैले तीतसको विरोध गर्छ र त्यसपछि त्यसो गरेकामा लज्जित बन्छ । वैकल्पिक अनुवादः “ताकि यदि कसैले तिम्रो विरोध गर्छ भने, ऊ लज्जित होस्” वा “ताकि यदि मानिसहरूले तिम्रो विरोध गर्छन् भने, तिनीहरू लज्जित होऊन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hypo]]) |
94 | TIT | 2 | 8 | xy15 | figs-inclusive | ἡμῶν | 1 | हामीलाई | यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
95 | TIT | 2 | 9 | xyz5 | figs-ellipsis | δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι | 1 | दासहरू तिनीहरूका मालिकहरूका अधीनमा हुनुपर्छ | ग्रीकमा “हुनुपर्छ” शब्द छैन, केवल “दासहरू तिनीहरूका मालिकहरूका अधीनमा” मात्रै छ । हामीले पद ६ बाटको क्रियापदको रूपलाई प्रयोग गर्नुपर्ने हुन्छ, जुन “आग्रह गर्नु” वा “अर्ती दिनु” हो । वैकल्पिक अुवादः “दासहरूलाई तिनीहरूका मालिकहरूका अधीनमा हुनलाई अर्ती देऊ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]]) |
96 | TIT | 2 | 9 | ntp7 | ἰδίοις δεσπόταις | 1 | तिनीहरूका मालिकहरू | “तिनीहरूका आफ्नै मालिकहरू” | |
97 | TIT | 2 | 9 | abcc | ὑποτάσσεσθαι | 1 | ... का अधीनमा हुनु | “पालन गर्नुपर्छ” | |
98 | TIT | 2 | 9 | if6v | ἐν πᾶσιν | 1 | सबै कुराहरूमा | “हरेक अवस्थामा” वा “सधैँ” | |
99 | TIT | 2 | 9 | id15 | εὐαρέστους εἶναι | 1 | खुशी पार्ने हुनु | “तिनीहरूका मालिकहरूलाई खुशी बनाउनु” वा “तिनीहरूका मालिकहरूलाई सन्तुष्ट बनाउनु” | |
100 | TIT | 2 | 10 | abc6 | μὴ νοσφιζομένους | 1 | नचोर्न | “तिनीहरूका मालिकहरूबाट नचोर्न” | |
101 | TIT | 2 | 10 | t87j | πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν | 1 | सारा असल विश्वास प्रदर्शन गर्न | “तिनीहरू आफ्ना मालिकहरूको भरोसाको योग्य छन् भनी देखाउन” | |
102 | TIT | 2 | 10 | h2n6 | ἐν πᾶσιν | 1 | हर तरहले | “तिनीहरूले गर्ने हरेक कुरामा” | |
103 | TIT | 2 | 10 | f8jy | τὴν διδασκαλίαν τὴν τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ, κοσμῶσιν | 1 | तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको बारेमा भएको शिक्षामा श्रेय ल्याउन सकून् | “तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको बारेमा भएको शिक्षालाई आकर्षक बनाऊन्” वा “तिनीहरूले मानिसहरूलाई परमेश्वर हाम्रा मुक्तिदाताको बारेमा भएको शिक्षा असल छ भनी बुझ्ने तुल्याऊन्” | |
104 | TIT | 2 | 10 | pn93 | τὴν τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ | 1 | परमेश्वर हाम्रा मुक्तिदाता | “परमेश्वर जसले हामीलाई बचाउनुहुन्छ” | |
105 | TIT | 2 | 10 | xy16 | figs-inclusive | ἡμῶν | 1 | हाम्रो | यहाँ “हाम्रो” शब्द पावल, तीतस, र सारा ख्रीष्टिएनहरूको लागि समावेशी छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
106 | TIT | 2 | 11 | y44u | 0 | जोड्ने कथनः | पावलले तीतसलाई येशूको आगमनको प्रतीक्षा गर्न र येशूद्वारा भएको उनको अधिकारलाई सम्झन प्रोत्साहन गर्छन् । | ||
107 | TIT | 2 | 11 | gp2z | figs-personification | ἐπεφάνη…ἡ χάρις τοῦ Θεοῦ | 1 | परमेश्वरको अनुग्रह देखा परेको छ | पावलले परमेश्वरको अनुग्रहलाई कुनै एक व्यक्ति भए झैँ गरी बताउँछन् जो आइपुगेको छ । वैकल्पिक अनुवादः “परमेश्वरले अब आफ्नो अनुग्रह दिँदै हुनुहुन्छ” (हेर्नुहोस्ः यूएसटी, [[rc://ne/ta/man/translate/figs-personification]]) |
108 | TIT | 2 | 12 | qy8k | figs-personification | παιδεύουσα ἡμᾶς | 1 | हामीलाई तालिम दिँदै | पावलले परमेश्वरको अनुग्रहलाई (२:११) कुनै एक व्यक्ति भए झैँ गरी बताउँछन् जसले अरू मानिसहरूलाई पवित्र जीवन कसरी जिउनुपर्छ भनेर तालिम दिन्छन् । वैकल्पिक अनुवादः “जसद्वारा परमेश्वरले हामीलाई तालिम दिनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]]) |
109 | TIT | 2 | 12 | abce | figs-inclusive | ἡμᾶς | 1 | हामीलाई | यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
110 | TIT | 2 | 12 | lxb3 | τὴν ἀσέβειαν | 1 | ईश्वरहीनता | “परमेश्वरलाई सम्मान नगर्ने कुराहरू” | |
111 | TIT | 2 | 12 | n3k5 | τὰς κοσμικὰς ἐπιθυμίας | 1 | सांसारिक तृष्णाहरू | “यस संसारका थोकहरूका निम्ति उत्कट इच्छाहरू” वा “पापपूर्ण आनन्दहरूका निम्ति उत्कट इच्छाहरू” | |
112 | TIT | 2 | 12 | xy19 | ἀσέβειαν…εὐσεβῶς | 1 | ईश्वरहीनता ... धर्मी तरिका | यी शब्दहरू प्रत्यक्ष विपरीत शब्दहरू हुन्, जसको अर्थ क्रमानुसार “परमेश्वरलाई अपमान गर्ने” र “परमेश्वरलाई मान गर्ने” भन्ने हुन्छ । | |
113 | TIT | 2 | 12 | fk8j | ἐν τῷ νῦν αἰῶνι | 1 | यस वर्तमान युगमा | “जब हामी यस संसारमा हुन्छौँ” वा “यस समय अवधिमा” | |
114 | TIT | 2 | 13 | rz93 | προσδεχόμενοι | 1 | प्राप्त गर्ने प्रतीक्षा गर्दै | “स्वागत गर्नलाई पर्खिँदै” | |
115 | TIT | 2 | 13 | xyz6 | figs-metonymy | τὴν μακαρίαν ἐλπίδα | 1 | धन्यको आशा | यहाँ, “धन्यको” चाहिँ त्यो हो जसको लागि हामी आशा गर्छौँ, जुन येशू ख्रीष्टको पुनरागमन हो । वैकल्पिक अनुवादः “अद्भूत कुरा जसको लागि हामी आशा गर्छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]]) |
116 | TIT | 2 | 13 | pss7 | figs-metonymy | καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ | 1 | र हाम्रो महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमा देखा परेको | यहाँ “महिमा”ले येशू आफैँलाई प्रतिनिधित्व गर्छ जो महिमामय तवरमा देखा पर्नुहुनेछ । वैकल्पिक अनुवादः “अर्थात, हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमामय आगमन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]]) |
117 | TIT | 2 | 13 | abcf | figs-hendiadys | τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης | 1 | धन्यको आशा र महिमाको आगमन | “धन्येको आशा” र “महिमाको आगमन” दुवैले एउटै घटनालाई जनाउँछ । यसलाई प्रस्टसँग देखाउन गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसको प्रतीक्षामा हामी छौँ, धन्येको र महिमामय आगमन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hendiadys]]) |
118 | TIT | 2 | 13 | xyz7 | figs-hendiadys | τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ | 1 | हाम्रो महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्ट | “हाम्रो महान् परमेश्वर” “मुक्तिदाता”ले एउटै व्यक्ति, येशू ख्रीष्टलाई जनाउँछ । वैकल्पिक अनुवादः “येशू ख्रीष्ट, हाम्रा महान् परमेश्वर र मुक्तिदाता” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hendiadys]]) |
119 | TIT | 2 | 14 | niu4 | figs-explicit | ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν | 1 | हाम्रा निम्ति आफैँलाई दिनुभयो | यसले येशू राजीखुशीले मर्नुभएको कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हाम्रा निम्ति मर्न आफैँलाई दिनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]]) |
120 | TIT | 2 | 14 | xy20 | figs-inclusive | ἡμῶν | 1 | हामीलाई | यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
121 | TIT | 2 | 14 | gxe7 | figs-metaphor | λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας | 1 | हामीलाई सारा ईश्वरहीनताबाट स्वतन्त्र पार्न | पावलले येशूको विषयमा यसरी बताउँछन् मानौँ उहाँले दासहरूलाई तिनीहरूका दुष्ट मालिकहरूबाट छुटकारा दिइरहनुभएको थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
122 | TIT | 2 | 14 | xy21 | figs-inclusive | ἡμᾶς | 1 | हामीलाई | यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
123 | TIT | 2 | 14 | fjy1 | λαὸν περιούσιον | 1 | विशेष मानिसहरू | “मानिसहरूको एउटा समूह जसलाई उहाँले मूल्यवान् ठान्नुहुन्छ” | |
124 | TIT | 2 | 14 | ii18 | ζηλωτὴν | 1 | ... का लागि जोशिलो | “जो ... गर्न उत्सुक छन्” | |
125 | TIT | 2 | 15 | abc7 | παρακάλει | 1 | अर्ती दिनु | “यी कुराहरू गर्न तिनीहरूलाई उत्साह देऊ” | |
126 | TIT | 2 | 15 | b94z | figs-explicit | ἔλεγχε, μετὰ πάσης ἐπιταγῆς | 1 | सारा अधिकारसहित हप्काऊ | यो कथनलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “यी कुराहरू नगर्ने मानिसहरूलाई सारा अधिकारसहित सच्याऊ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]]) |
127 | TIT | 2 | 15 | h15y | μηδείς σου περιφρονείτω | 1 | कसैले पनि तिमीलाई अवहेलना नगरोस् | “कसैलाई पनि तिम्रो बेवास्ता गर्न नदेऊ” | |
128 | TIT | 2 | 15 | xy22 | figs-doublenegatives | μηδείς σου περιφρονείτω | 1 | कसैले पनि तिमीलाई अवहेलना नगरोस् | यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छः “यो पक्का गर कि सबैले तिमीलाई ध्यान दिन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]]) |
129 | TIT | 2 | 15 | jbu1 | figs-explicit | σου περιφρονείτω | 1 | तिमीलाई अवहेलना गर्नु | यो कथनलाई स्पष्ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “तिम्रा वचनहरू सुन्न इन्कार गर्न” वा “तिमीलाई आदर गर्न इन्कार गर्न” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]]) |
130 | TIT | 3 | intro | zh6x | 0 | # तीतस ०३ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

पावलले तीतसलाई यस अध्यायमा व्यक्तिगत निर्देशनहरू दिन्छन् ।

पद १५ ले यस पत्रलाई औपचारिक रूपमा अन्त गर्छ । प्राचीन मध्यपूर्व क्षेत्रमा पत्रलाई अन्त गर्ने यो सामान्य तरिका हो ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### वंशावलीहरू

वंशावलीहरू (पद ९) भनेको सूचीहरू हुन् जसले कुनै व्यक्तिको पूर्खाहरू वा सन्तानहरूको अभिलेख राख्छ, र सो व्यक्ति कुन कुल वा परिवारबाट आएको हो भनेर देखाउँछ । उदाहरणको लागि, पूजाहारीहरू लेवीको कुलबाट र हारूनको परिवारबाट आउँथे । यी सूचीहरूमध्ये केहीले पूर्खाहरू र आत्मिक प्राणीहरूको कथाहरू पनि समावेश गरे । चीजहरू कहाँबाट आए र विभिन्न मानिसहरू कति महत्त्वपूर्ण थिए भनेर तर्क गर्नलाई यी सूचीहरू र कथाहरूलाई प्रयोग गरिन्थ्यो । | |||
131 | TIT | 3 | 1 | y9tr | 0 | जोड्ने कथनः | पावलले क्रेटमा भएका एल्डरहरू र उनको हेरविचारमा रहेका मानिसहरूलाई कसरी सिकाउने भनेर तीतसलाई निर्देशनहरू दिन निरन्तरता दिन्छन् । | ||
132 | TIT | 3 | 1 | j2sa | ὑπομίμνῃσκε αὐτοὺς…ὑποτάσσεσθαι | 1 | तिनीहरूलाई ... वशमा रहन याद दिलाऊ | “हाम्रा मानिसहरूलाई तिनीहरूले पहिले नै जानेका कुराहरू, ... वशमा रहन फेरि बताऊ” वा “तिनीहरूलाई ... वशमा रहनलाई याद दिलाइराख” | |
133 | TIT | 3 | 1 | w3fy | ἀρχαῖς, ἐξουσίαις, ὑποτάσσεσθαι, πειθαρχεῖν | 1 | शासकहरू र अधिकारीहरूको वशमा रहन, तिनीहरूको आज्ञा पालन गर्न | “तिनीहरूको आज्ञापालन गरेर राजनीतिक शासकहरू र सरकारी अधिकारीहरूले भनेअनुसार गर” | |
134 | TIT | 3 | 1 | wa9x | figs-doublet | ἀρχαῖς, ἐξουσίαις | 1 | शासकहरू र अधिकारीहरू | यी शब्दहरूको समान अर्थ हुन्छ र दुवैले सरकारमा अधिकार सम्हाल्ने व्यक्तिलाई जनाउँछ । यदि लक्षित भाषामा यसको लागि एउटै मात्र शब्द छ भने, त्यस्तो समयमा त्यही शब्दको प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]]) |
135 | TIT | 3 | 1 | xy25 | figs-doublet | ὑποτάσσεσθαι, πειθαρχεῖν | 1 | ... वशमा रहन ... आज्ञापालन गर्न | यी शब्दहरूको समान अर्थ हुन्छ र दुवैले त्यो कुरा गर्नुलाई जनाउँछ जुन गर्न कसैले तपाईंलाई भन्छ । यदि लक्षित भाषामा यसको लागि एउटै मात्र शब्द छ भने, त्यस्तो समयमा त्यही शब्दको प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]]) |
136 | TIT | 3 | 1 | in7u | πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι | 1 | हरेक असल कामको लागि तयार होओ | “अवसर पाएको हरेक समयमा असल गर्न तत्पर होओ” | |
137 | TIT | 3 | 2 | lug7 | βλασφημεῖν | 1 | निन्दा गर्नु | “ ... को बारेमा खराब बोल्नु” | |
138 | TIT | 3 | 2 | abc8 | figs-doublenegatives | ἀμάχους εἶναι | 1 | झगडा गर्ने कुरालाई पन्साउन | यसलाई सकारात्मक तरिकाले व्यक्त गर्न सकिन्छः “शान्तिपूर्ण हुन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]]) |
139 | TIT | 3 | 3 | m9zd | ἦμεν γάρ ποτε καὶ ἡμεῖς | 1 | किनकि हामी पनि एकपटक | “यो किनभने हामी आफैँ पनि एकपटक” | |
140 | TIT | 3 | 3 | me7b | ποτε | 1 | एकपटक | “पहिले” वा “कुनै समयमा” वा “अगाडि” | |
141 | TIT | 3 | 3 | bl8e | figs-inclusive | ἡμεῖς | 1 | हामी | “हामी पनि” वा “हामी आफैँ ।” यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ र तिनीहरूले ख्रीष्टलाई विश्वास गर्नभन्दा अगाडिको समयलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
142 | TIT | 3 | 3 | rrx9 | ἦμεν…ἀνόητοι | 1 | मूर्ख थियौँ | “विचारहीन थियौँ” वा “बुद्धिहीन थियौँ” | |
143 | TIT | 3 | 3 | qt8f | figs-personification | πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις | 1 | हामी बहकाइएका थियौँ र विभिन्न अभिलाषाहरू र विलासिताहरूको दास बनाइएका थियौँ | अभिलाषा र विलासिताको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरू मानिसहरूमाथिको हाकिमहरू थिए र तिनीहरूलाई झूट बोलेर ती मानिसहरूलाई दासहरू बनाएका थिए । वैकल्पिक अनुवादः “विभिन्न अभिलाषा र विलासिताले हामीलाई खुशी बनाउन सक्छ भन्ने झूट विश्वास गर्नलाई हामीले आफैँलाई अनुमति दिएका थियौँ, र हामी हाम्रा भावनाहरूलाई नियन्त्रणमा राख्नलाई वा हामीलाई आनन्द दिन्छ भनी हामीले ठानेका कुराहरू गर्नलाई बन्द गर्न हामी असक्षम थियौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]]) |
144 | TIT | 3 | 3 | xy27 | figs-activepassive | πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις | 1 | हामी बहकाइएका थियौँ र विभिन्न अभिलाषाहरू र विलासिताहरूको दास बनाइएका थियौँ | यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “विभिन्न अभिलाषाहरू र विलासिताहरूले हामीलाई ढाँटेका थिए र त्यसैले हामीलाई बहकाएका थिए” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
145 | TIT | 3 | 3 | tl5n | ἐπιθυμίαις | 1 | अभिलाषाहरू | “अभिलाषाहरू” वा “लालसाहरू” | |
146 | TIT | 3 | 3 | dec4 | figs-hendiadys | ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες | 1 | हामी दुष्टता र ईर्ष्यामा जिउँथ्यौँ | यहाँ “दुष्टता” र “ईर्ष्या”ले पापलाई वर्णन गर्छ । “दुष्टता” भनेको सबैलाई समेट्ने शब्द हो भने “ईर्ष्या” भनेको कुनै खास पाप हो । वैकल्पिक अनुवादः “हामी सधैँ दुष्ट कामहरू गरिरहन्थ्यौँ र अरूहरूसँग भएका कुराहरूको चाहना गरिरहन्थ्यौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hendiadys]]) |
147 | TIT | 3 | 3 | y5lp | στυγητοί | 1 | घिनलाग्दा | “अरूहरूलाई हामीलाई घृणा गर्ने तुल्याउँदै” | |
148 | TIT | 3 | 4 | xy28 | grammar-connect-logic-contrast | δὲ | 1 | तर | मानिसहरू जुन किसिमले दुष्ट छन् (पदहरू १-३) र परमेश्वरको भलाइ (पदहरू ४-७) को बीचमा भएको अन्तरलाई अङ्कित गर्न यहाँ महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/grammar-connect-logic-contrast]]) |
149 | TIT | 3 | 4 | ba5a | figs-personification | ὅτε…ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ | 1 | जब परमेश्वर हाम्रा मुक्तिदाताको कृपा र मानव-जातिप्रति उहाँको प्रेम देखा पर्यो | पावलले परमेश्वरको दया र प्रेमको बारेमा यसरी बताउँछन् मानौँ तिनीहरू मानिसहरू हुन् जो हाम्रो नजरमा देखिन आइपुगे । वैकल्पिक अनुवादः “जब परमेश्वर हाम्रा मुक्तिदाताले हामीलाई उहाँको दया र मानिसहरूको लागि भएको उहाँको प्रेम देखाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]]) |
150 | TIT | 3 | 4 | abcg | figs-abstractnouns | ὅτε…ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν, Θεοῦ | 1 | जब परमेश्वर हाम्रा मुक्तिदाताको कृपा र मानव-जातिप्रति उहाँको प्रेम देखा पर्यो | भाववाचक नमापद शब्दहरू “दया” र “प्रेम”लाई विशेषणहरूको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब हामीलाई बचाउनुहुने परमेश्वरले उहाँ मानिसहरूप्रति कति दयालु र प्रेमी हुनुहुन्छ भनी देखाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]]) |
151 | TIT | 3 | 4 | abch | figs-inclusive | ἡμῶν | 1 | हाम्रो | यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
152 | TIT | 3 | 5 | n4ug | κατὰ τὸ αὐτοῦ ἔλεος | 1 | उहाँको दयाद्वारा | “किनभने उहाँले हामीमाथि दया गर्नुभएको थियो” | |
153 | TIT | 3 | 5 | k1a6 | figs-metaphor | λουτροῦ παλινγενεσίας | 1 | नयाँ जन्मको स्नान | पावलले यहाँ दुई अलङ्कारहरूलाई जोड्छन् । उनले पापीहरूको निमित्त भएको परमेश्वरको क्षमाको विषयमा यसरी बताइरहेका छन् मानौँ त्यो भनेको उहाँले तिनीहरूलाई शारीरिक रूपमा धुनुभएको हो । उनले परमेश्वरले बोलाउनुहुँदा जवाफ दिने पापीहरूको विषयमा पनि यसरी बताइरहेका छन् मानौँ तिनीहरूले नयाँ जन्म लिएका थिए । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
154 | TIT | 3 | 6 | fby9 | figs-metaphor | οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως | 1 | जसलाई परमेश्वरले प्रचुर मात्रामा हामीमाथि खन्याउनुभयो | नयाँ करारको लेखकहरूले पवित्र आत्मालाई परमेश्वरले प्रशस्त परिमाणमा खन्याउन सक्नुहुने तरल पदार्थको रूपमा बताउनु सामान्य कुरा हो । वैकल्पिक अनुवादः “जसलाई परमेश्वरले हामीलाई उदारतापूर्वक दिनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
155 | TIT | 3 | 6 | xy24 | figs-inclusive | ἡμᾶς | 1 | हामीलाई | यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
156 | TIT | 3 | 6 | q9ze | διὰ Ἰησοῦ Χριστοῦ, τοῦ Σωτῆρος ἡμῶν | 1 | हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा | “जब येशू ख्रीष्टले हामीलाई बचाउनुभयो” | |
157 | TIT | 3 | 6 | xy23 | figs-inclusive | ἡμῶν | 1 | हाम्रो | यसले पावल, तीतस, र सारा ख्रीष्टिएनहरूलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
158 | TIT | 3 | 7 | di3g | figs-activepassive | δικαιωθέντες | 1 | धर्मी ठहराइएर | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनकि परमेश्वरले हामीलाई पापरहितका भनेर घोषणा गर्नुभएको थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
159 | TIT | 3 | 7 | q1cm | figs-metaphor | κληρονόμοι γενηθῶμεν, κατ’ ἐλπίδα ζωῆς αἰωνίου | 1 | हामी अनन्त जीवनको निश्चित आशाअनुसार उत्तराधिकारहरू बन्न सकौँ | परमेश्वरले जुन मानिसहरूसँग प्रतिज्ञाहरू गर्नुभएको छ, तिनीहरूको विषयमा यसरी बताइएको छ मानौँ तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू त्यसरी प्राप्त गर्नुपर्छ जसरी कुनै व्यक्तिले परिवारको सदस्यबाट जायजेथा वा सम्पत्तिहरूको अंश पाउँछ । वैकल्पिक अनुवादः “परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नुभएको अनन्त जीवन प्राप्त गर्न हामीले अपेक्षा गर्न सकौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
160 | TIT | 3 | 8 | j8md | ὁ λόγος | 1 | यो सन्देश | यो सन्देश चाहिँ पदहरू ४-७ मा भर्खरै व्यक्त गरिएको सन्देश हो, कि परमेश्वरले येशूद्वारा विश्वासीहरू भएकाहरूलाई पवित्र आत्मा र अनन्त जीवन सित्तैमा दिनुहुन्छ । | |
161 | TIT | 3 | 8 | xy29 | τούτων | 1 | यी कुराहरू | यसले ती शिक्षाहरूलाई जनाउँछ जसको बारेमा पावलले पदहरू १-७ मा कुरा गरेका थिए । वैकल्पिक अनुवादः “यी शिक्षाहरू जसको बारेमा मैले भर्खरै कुरा गरेको छु” | |
162 | TIT | 3 | 8 | kqm6 | φροντίζωσιν καλῶν ἔργων, προΐστασθαι | 1 | असल कामहरूमा आफैँलाई सहभागी गराउन ध्यान पुर्याऊन् | “असल कामहरू गर्न खोजून्” | |
163 | TIT | 3 | 9 | tzh9 | 0 | जोड्ने कथनः | तीतसले के कुरालाई हटाउनुपर्छ र विश्वासीहरूको माझमा वादविवाद पैदा गर्नेहरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने विषयमा पावलले व्याख्या गर्छन् । | ||
164 | TIT | 3 | 9 | j1hf | δὲ…περιΐστασο | 1 | तर ... पन्साऊ | “त्यसैले ... पन्साऊ” वा “त्यसैकारण, ... पन्साऊ” | |
165 | TIT | 3 | 9 | xnf9 | μωρὰς…ζητήσεις | 1 | मूर्ख विवादहरू | “महत्त्वहीन कुराहरूसम्बन्धी भएका तर्कहरू” | |
166 | TIT | 3 | 9 | qk66 | γενεαλογίας | 1 | वंशावलीहरू | यो रगतले नाता जोडिएका पारिवारिक सम्बन्धको अध्ययन हो । तीतसको परिचयलाई हेर्नुहोस् । | |
167 | TIT | 3 | 9 | xu7f | ἔρεις | 1 | झगडा | विवादहरू वा लडाइँहरू | |
168 | TIT | 3 | 9 | ky3n | νομικὰς | 1 | व्यवस्थाको बारेमा | “मोशाको व्यवस्थाको बारेमा” | |
169 | TIT | 3 | 10 | x3fh | αἱρετικὸν ἄνθρωπον…παραιτοῦ | 1 | फूट हाल्ने व्यक्तिलाई इन्कार गर | “विभाजन ल्याउने व्यक्तिबाट अलग बस” | |
170 | TIT | 3 | 10 | xzx1 | μετὰ μίαν καὶ δευτέραν νουθεσίαν | 1 | एक वा दुई चेतावनीपछि | “तिमीले त्यस व्यक्तिलाई एक वा दुई पटक चेतावनी दिएपछि” | |
171 | TIT | 3 | 11 | r7pc | ὁ τοιοῦτος | 1 | त्यस्तो व्यक्ति | “त्यस किसिमको व्यक्ति” | |
172 | TIT | 3 | 11 | inh5 | figs-metaphor | ἐξέστραπται | 1 | सही मार्गबाट तर्केको छ | पावलले गलत कुराहरू गर्न छान्ने व्यक्तिको विषयमा यसरी बताउँछन् मानौँ उसले गलत दिशामा हिँड्नलाई ठीक मार्ग छोडिरहेको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
173 | TIT | 3 | 11 | p81k | ὢν αὐτοκατάκριτος | 1 | आफैँबाट दोषी ठहरिएर | “आफैँमाथि इन्साफ ल्याउँदै” | |
174 | TIT | 3 | 12 | z7i4 | 0 | जोड्ने कथनः | तीतसले क्रेटमा एल्डरहरू नियुक्त गरेपछि उनले के गर्ने भनेर बताएर अनि आफूसित भएकाहरूबाट अभिवादन पठाएर पावलले पत्रलाई अन्त गर्छन् । | ||
175 | TIT | 3 | 12 | mba6 | ὅταν πέμψω | 1 | जब म पठाउँछु | “मैले पठाएपछि” | |
176 | TIT | 3 | 12 | c32w | translate-names | Ἀρτεμᾶν…Τυχικόν | 1 | अर्तिमास ... तुखिकस | यी पुरुषहरूका नामहरू हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]]) |
177 | TIT | 3 | 12 | knt1 | σπούδασον ἐλθεῖν | 1 | आउन चाँडो गर | “छिटो आऊ” | |
178 | TIT | 3 | 12 | xy30 | σπούδασον | 1 | हतार गर्नु | यो क्रियापद एकवचनमा छ, जुन तीतसमा मात्रै लक्षित छ । अर्तिमास र तुखिकस सम्भवतः तीतसको स्थान लिन क्रेटमा नै बस्ने थिए । | |
179 | TIT | 3 | 12 | gdw9 | παραχειμάσαι | 1 | हिउँद बिताउन | “हिउँदमा बस्न” | |
180 | TIT | 3 | 13 | a46f | translate-names | Ζηνᾶν…Ἀπολλῶν | 1 | जेनास ... अपोल्लोस | यी पुरुषहरूका नामहरू हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]]) |
181 | TIT | 3 | 13 | s757 | καὶ Ἀπολλῶν | 1 | र अपोल्लोस | “र अपोल्लोसलाई पनि” | |
182 | TIT | 3 | 13 | j496 | σπουδαίως πρόπεμψον | 1 | तिनीहरूको यात्रामा भरमग्दूर रूपमा पठाऊ | “पठाउन ढिलाइ नगर” | |
183 | TIT | 3 | 13 | xy31 | figs-doublenegatives | ἵνα μηδὲν αὐτοῖς λείπῃ | 1 | ताकि तिनीहरूलाई केही कुराको अभाव नहोस् | यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छः “ताकि तिनीहरूलाई आवश्यक पर्ने सबै थोक तिनीहरूसँग होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]]) |
184 | TIT | 3 | 14 | v7wg | 0 | जोड्ने कथनः | पावलले खाँचोमा परेकाहरूलाई जुटाउन सारा विश्वासीहरूको लागि किन महत्त्वपूर्ण छ भनी व्याख्या गर्छन् । | ||
185 | TIT | 3 | 14 | fw98 | οἱ ἡμέτεροι | 1 | हाम्रो आफ्नै | पावलले क्रेटमा भएका विश्वासीहरूलाई जनाइरहेका छन् । वैकल्पिक अनुवादः “हाम्रा आफ्नै मानिसहरू” | |
186 | TIT | 3 | 14 | xy33 | figs-inclusive | οἱ ἡμέτεροι | 1 | हाम्रा आफ्नै | “हाम्रो” शब्दले पावल र तीतसलाई समावेश गर्छ । यसको रूप कि त युगल वा समावेशी हुनुपर्छ । |
187 | TIT | 3 | 14 | tn24 | εἰς τὰς ἀναγκαίας χρείας | 1 | खाँचो परेका आवश्यकताहरूको निम्ति | “जसले आवश्यक परेका थोकहरूको अभाव भएका मानिसहरूलाई सहायता गर्न तिनीहरूलाई सक्षम बनाउँछ” | |
188 | TIT | 3 | 14 | mji4 | figs-metaphor | ἵνα μὴ ὦσιν ἄκαρποι | 1 | निष्फल नहुनका लागि | मानिसहरूले असल काम गर्ने कुरालाई पावलले यसरी बताउँछन् मानौँ त्यो भनेको रूखले असल फलाएको जस्तो हो । वैकल्पिक अनुवादः “ताकि तिनीहरूले व्यर्थका जीवन नजिऊन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
189 | TIT | 3 | 14 | xy32 | figs-doublenegatives | ἵνα μὴ ὦσιν ἄκαρποι | 1 | निष्फल नहुनका लागि | यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छः “यसरी तिनीहरू फलदायी हुन सक्ने छन्” वा “यसरी तिनीहरू उत्पादनशील हुनेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]]) |
190 | TIT | 3 | 15 | j3y2 | 0 | सामान्य जानकारीः | पावलले तीतसलाई लेखेको आफ्नो पत्रलाई अन्त गर्छन् । | ||
191 | TIT | 3 | 15 | abci | ἀσπάζονταί σε | 1 | तिमीलाई अभिवादन पठाउँछन् | यहाँ “तिमी” एकवचनमा छ-यो तीतसलाई गरिएको व्यक्तिगत अभिवादन हो । | |
192 | TIT | 3 | 15 | k1sa | οἱ μετ’ ἐμοῦ πάντες | 1 | तिनीहरू सबै जो मसँग छन् | “सबै मानिसहरू जो मसँग छन्” वा “सबै विश्वासीहरू जो यहाँ मसँग छन्” | |
193 | TIT | 3 | 15 | f4vc | τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει | 1 | जसले हामीलाई विश्वासमा प्रेम गर्छन् | सम्भावित अर्थहरू हुन् १) “हामीलाई प्रेम गर्ने विश्वासीहरू” वा २) “ती विश्वासीहरू जसले हामीलाई प्रेम गर्छन् किनभने हाम्रो विश्वास एउटै हो ।” | |
194 | TIT | 3 | 15 | xy35 | figs-inclusive | ἡμᾶς | 1 | हामीालाई | यहाँ “हामीलाई” सम्भवतः समावेशी छ र पावल र उनीसँग भएका विश्वासीहरूको समूहलाई जनाउँछ । पावलले यस समूहबाट क्रेटमा तीतससँग भएका ख्रीष्टिएनहरूको समूहलाई अभिवादन पठाइरहेका छन् । |
195 | TIT | 3 | 15 | kx83 | ἡ χάρις μετὰ πάντων ὑμῶν | 1 | तिमीहरू सबैसँग अनुग्रह रहोस् | यो एउटा सामान्य ख्रीष्टिएन अभिवादन थियो । वैकल्पिक अनुवादः “परमेश्वरको अनुग्रह तिमीहरूसँग होस्” वा “म बिन्ती गर्छु कि परमेश्वर तिमीहरू सबैप्रति अनुग्रही हुनुभएको होस्” | |
196 | TIT | 3 | 15 | xy34 | ὑμῶν | 1 | तिमीहरू | यहाँ “तिमीहरू” बहुवचनमा छ । यो तीतस र त्यहाँ क्रेटमा भएका सारा विश्वासीहरूको लागि आशिष् हो । |