forked from WA-Catalog/ne_tq
948 B
948 B
अम्मोनका मानिसहरूले हजारौँ सिपाहीहरू भाडामा लिएका थिए भनेर दाऊदले सुन्दा उनले के गरे?
दाऊदले यसको बारेमा सुन्दा, योआब र उनीसँग भएका सबै फौजलाई पठाए ।
अम्मोनीहरू र भाडामा लिएका सिपाहीहरूले आफैलाई कहाँ मोर्चा बाँधे?
अम्मोनीहरूले आफैलाई तिनीहरूका सहरका ढोकामा मोर्चा बाँधे जबकि सोबा र रहोबका अरामीहरू र माका र तोबका मानिसहरू खुल्ला मैदानमा तैनाथ भए ।