ne_tn/psa/058/006.md

4.1 KiB

सामान्‍य जानकारीः

लेखक परमेश्‍वरले दुष्‍ट मानिसहरूलाई के गरेको चाहने कुराहरूको सूची बनाउँछन् ।

तिनीहरूका दाँत भाँचिदिनुहोस् ... जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस्

यी दुवै वाक्‍यांशहरूमा दुष्‍ट मानिसहरूको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरू सिंहहरू थिए र मानिसहरूलाई मार्न तिनीहरूलाई शक्तिहीन तुल्‍याउनुलाई तिनीहरूका दाँतहरू भाँच्‍नुजस्‍तै गरी बताइएको छ । अर्को अनुवादः "तिनीहरूको मार्ने शक्ति हटाइदिनुहोस् ।दाँतहरू भाँचेका र झरेका साना सिंहहरूलाई झैँ तिनीहरूलाई शक्तिहीन लुल्‍याउनुहोस् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metaphor]])

पानी बगेर गएजस्तै तिनीहरू बिलेर जाऊन्

दुष्‍ट मानिसहरूको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरू बरफ वा पानी थिए । अस्‍तित्‍व हराउनुलाई सुख्खा जमिनमा पग्‍लनु वा बिलेर जानुजस्‍तैगरी बताइएको छ । अर्को अनुवादः "बगेर गएको पानीजस्‍तै तिनीहरूलाई बिलिन पार्नुहोस् ।" वा " बरफ पग्‍लेर जमिनमा सुकेजस्‍तै तिनीहरूलाई बिलिन बनाउनुहोस् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-simile]])

तिनका चुच्‍चो नभएजस्तै ती होऊन्

"तिनीहरूका काँडहरू चुच्चो नै नभएका जस्ता होऊन्"

तिनीहरू शंखेकीराजस्तै होऊन् र बिलि जाऊन्

अस्‍तित्‍व हराउनुलाई पग्‍लनु वा बिलेर जानुजस्‍तैगरी बताइएको छ । अर्को अनुवादः "पग्‍लिएर अस्‍तित्‍वमा नरहने शंखेकीराजस्‍तै दुष्‍टहरू बिलिन होऊन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शंखेकीरा

"चिप्लेकिरा"

तुहेको बालकजस्तै होऊन् जसले कहिल्यै सूर्यको उज्यालो देख्दैनन्

अस्‍तित्‍व नरहनुलाई तुहेको बालकजस्तैगरी बताइएको छ। अर्को अनुवादः "जीवित रहन र सू्र्य देख्‍न नसक्‍ने गरी चाँडै जन्मेका बालकजस्‍तै ।" वा "मृत जन्मेको बालक जस्‍तै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद