ne_tn/psa/057/007.md

4.5 KiB

हे परमेश्‍वर, मेरो मन स्थिर छ, मेरो मन स्थिर छ

विश्‍वस्त हुनुलाई कसैको हृदय हल्लिनु वा सजिलै चल्‍नु नभई हृदय स्‍थिर हुनुजस्‍तैगरी बताइएको छ । वाक्‍यांश दोहोरिनुले तिनी परमेश्‍वरमा पूर्णरूपमा विश्‍वस्त हुनु र नबद्‍ल्‍ने कुरालाई देखाउँछ । अर्को अनुवादः "हे परमेश्‍वर, म तपाईंमा पूर्ण विश्‍वस्त छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म प्रशंसाका गीत गाउनेछु

तिनी कसको लागि गाउनेछन् भनी स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "हे परमेश्‍वर म तपाईंलाई प्रशंसाको गीत गाउने छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हे मेरो आदरको हृदय, जाग्

जाग्‍नुको उद्देश्‍य परमेश्‍वरलाई प्रशंसाको गीत गाउनु हो भनी स्‍पष्‍ट लेख्‍न सकिन्छ । जाग्‍नु केही गर्न सुरू गर्नु वा तयारी गर्नुको लागि रूपक हुनसक्‍छ । हृदयले भजन लेखक वा तिनका भावनाहरूलाई जनाउँछ । अर्को अनुवादः " हे मेरो आदरको हृदय, परमेश्‍वरलाई प्रशंसाको गीत गाउन ,जाग् ।" वा "म मेरो आदरको हृदयलाई परमेश्‍वरको प्रशंसाको गीत गाउन तयार गर्नेछु ।" वा "परमेश्‍वरको प्रशंसाको गीत गाउनलाई जाग्दा म सम्मानित हुन्छु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-metaphor]] र rc://*/ta/man/translate/figs-synecdoche)

हे वीणा र सारङ्गी जाग

जाग्‍नुको उद्देश्‍य परमेश्‍वरलाई प्रशंसाको गीत गाउनु हो भनी स्‍पष्‍ट लेख्‍न सकिन्छ ।भजन लेखक यसरी बोल्छन् कि मानौँ वीणा र सारङ्गी,परमेश्‍वरलाई प्रशंसाको गीत गाउन जाग्‍न सक्‍ने मानिसहरू थिए । अर्को अनुवादः "हे वीणा र सारङ्गी जाग र परमेश्‍वरलाई प्रशंसाको गीत गाओ ।" वा "म परमेश्‍वरको लागि प्रशंसाको गीत गाउँदा वीणा र सारङ्गी बजाउनेछु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-personification]] र rc://*/ta/man/translate/figs-metaphor)

बिहान सबेरै म जगाउनेछु

बिहान सबेरै उठ्‍नुको उद्देश्‍य परमेश्‍वरको प्रशंसा गर्नु हो । अर्को अनुवादः "म झिसमिसे हुनुभन्दा पहिले उठ्‍नेछु ।" वा "म सूर्य उदाउनुभन्दा पहिले उठ्‍नेछु ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]] र rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद