ne_tn/psa/055/022.md

4.5 KiB

तिम्रा बोझहरू ... राख

यहाँ भजन लेखक अरू देवताहरू मान्‍ने मानिसहरूसँग बोल्दैछन् ।

तिम्रा बोझहरू परमप्रभुमा राख

यहाँ दुःखको बारेमा यसरी बताइएको छ कि मानौँ ती बोझ थिए जुन मानिसहरूले बोक्‍नु पर्थ्यो । हामी दुःखमा हुँदा परमेश्‍वरले हामीलाई साहयता गर्नुहुन्छ भनी उहाँमा भरोसा गर्नुलाई हाम्रो बोझ उहाँमाथि राखिरहनु जस्तै ताकि त्यो उहाँले हाम्रो निम्ति बोक्नसक्नु भएकोहोस् । अर्को अनुवादः "परमप्रभुलाई आफ्ना समस्याहरू देऊ" वा "कसैले बलियो मानिसलाई आफ्नो भार उठाउनको लागि भरोसा गरे जस्तै परमेश्‍वरले तिमीलाई तिम्रो समस्यामा सहायता गर्नुहुन्छ भनी उहाँमा भरोसा राख" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले तिमीलाई सम्हाल्नुहुने छ

कोही व्यक्ति समस्यामा पर्दा उसको हेरचाह गर्नु वा सहयता गर्नुलाई तिनलाई समर्थन गर्नुझैँ बताइएको छ । अर्को अनुवादः "उहाँले तिम्रो हेरचाह गर्नुहुन्छ" वा "उहाँले तिमीलाई सहायता गर्नुहुन्छ"

उहाँले धर्मी मानिसलाई कहिल्यै पनि लडखडाउन दिनुहुन्‍न

कुनै किसिमको रोगले नराम्ररी चोट पुर्‍याउनु लागेको व्यक्तिको बारे यसरी बताइएको छ कि मानौँ ऊ लडखडाएर हल्लदै लड्‍न लागेको छ । अर्को अनुवादः "उहाँले घर्मी मानिसलाई हल्लदै लड्‍न दिनुहुन्‍न" वा "उहाँले धर्मी मानिसलाई नाश हुन दिनुहुन्‍न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तर हे परमेश्‍वर, तपाईंले

अब लेखक परमेश्‍वरसँग बोल्छन् ।

विनाशको खडल

यसले सम्भवत् चिहान वा नर्कलाई जनाउँछ ।

तपाईंले दुष्टलाई विनाशको खडलमा ल्याउनुहुने छ

यसले मानिसलाई मर्ने तुल्याउने कुरालाई जनाउँछ । अर्को अनुवादः "दुष्टलाई मर्ने तुल्याउने छ" वा "दुष्टलाई मर्ने तुल्याउने छ र मरेका मानिसहरू भएको ठाउँमा जाने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

रक्‍तपात गर्नेहरू र छली मानिसहरू

झुट बोल्‍ने र अरूहरूलाई मार्ने मानिसहरू" वा "छली हत्याराहरू"

अरूभन्दा आधा आयुसम्म

"अरू मानिसहरू बाँचेको भन्दा आधा आयुसम्म"

शब्द अनुवाद