ne_tn/psa/052/001.md

4.7 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो ।(हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

सामान्य जानकारी:

यस भजनसंग्रहमा "तिमी" शब्दले दोएगलाई जनाउँछ । शाऊलले दाऊदलाई मार्न चाहदा, शाऊले दाऊदलाई भेटोस् भनी दोएगले शाऊललाई तिनी कहाँ थिए भनी बताए ।

हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ?

यस प्रश्‍नले दाऊद दुःख दिनेसँग कति रिसाएका थिए भनी देखाउँछ । अर्को अनुवादः "हे वीर मानिस, दुःख दिनमा तिमीले धेरै घमण्ड गर्न हुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हे वीर मानिस

दाऊदले दोएगलाई यसरी बोलाउँदा तिनले यो व्यङ्‍ग प्रयोग गरिरहेको हुनसक्छ । अर्को अनुवादः "तिमी, जसले आफैलाई धेरै वीर ठान्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-irony)

परमेश्‍वरको विश्‍वासनियताको करार हरेक दिन आउँछ

दाऊदले परमेश्‍वरको विश्‍वासनियताको करार बारे यसरी बताउँछन् कि मानौँ त्यो आउन सक्‍ने केही कुरा थियो । दाऊदले सम्भवत दुष्ट मानिसहरूबाट आफ्ना मानिसहरूलाई बचाउने परमेश्‍वरको प्रतिज्ञालाई जनाउँदै छन् । यसलाई स्पष्ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वर आफ्नो करार कायम गर्न विश्‍वासयोग्य हुनुहुनछ" वा "परमेश्‍वर विश्‍वासयोग्ता साथ आफ्ना मानिसहरूलाई तिमी जस्ता दुष्ट मानिसहरूबाट बचाउनुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]] र rc://*/ta/man/translate/figs-abstractnouns)

धारिलो छुरा

धारिलो चक्कु

तिम्रो जिब्रोले छलपूर्ण रूपले काम गरेर धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ

यहाँ जिब्रोलाई ठुलो हानि गर्न सक्ने धारिलो छुरासँग तुलना गरिएको छ । अर्को अनुवादः "तिमीले विनाशको योजना बनाउँदा र अरूलाई छल गर्दा, धारिलो छुराले हानि गरे जस्तै तिम्रो जिब्रोले मानिसलाई हानि गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिम्रो जिब्रो

यहाँ "तिम्रो जिब्रो" ले त्यो व्यक्तिलाई जनाउँछ जो सँग दाऊद बोल्दै छन् । अर्को अनुवादः "तिमी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद