ne_tn/psa/048/009.md

3.2 KiB

तपाईंको मन्दिरको बिचमा

"हामी तपाईंको मन्दिरमा भएझैँ"

तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ

यहाँ "नाउँ" शब्दले परमेश्‍वरको चरित्र र प्रतिष्ठालाई प्रतिनिधित्व गर्छ । यी दुई वाक्यांसहरूले परमेश्‍वरको प्रतिष्ठाको महान्तालाई मानिसहरूले कत्ति धेरै उहाँको प्रशंसा गर्छन् भन्‍ने कुरासँग तुलना गर्छन् । अर्को अनुवादः "तपाईंको नाउँ अति महान् छ, र त्यसैले संसारभरिका मानिसहरूले तपाईंको अत्यन्तै प्रशंसा गर्छन्" वा "संसारभरिका मानिसहरूले तपाईंको बारेमा सुनेका छन्, त्यसैले "संसारभरिका मानिसहरूले तपाईंको प्रशंसा गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पृथ्वीको अन्तिम छेउसम्म

यो एउटा वाक् पद्धति हो जसको अर्थ संसारभर सबै ठाउँमा हो । Psalms 46:9 मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ

लेखकले धार्मिकताको बारे यसरी बताउँछन् कि मानौँ त्यो कुनै वस्तु थियो जसलाई परमेश्‍वरले आफ्नो हातमा लिन सक्नुहुन्थ्यो । यहाँ "हात" ले परमेश्‍वरको शक्ति र राज्य गर्ने अधिरकारलाई जनाउँछ । अर्को अनुवादः "तपाईं धार्मिकता साथ राज्य गर्नुहुन्छ" वा "तपाईंले राज्य गर्नुहुँदा तपाईं धर्मी हुनुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद