ne_tn/psa/048/001.md

3.8 KiB

सामान्य जानकारी:

यो भजनसंग्रह यरूशलेम परमेश्‍वरको वासस्थान भएको कुरा बारे गीत हो ।

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

परमेश्‍वरको नगर उहाँको पवित्र पर्वतमा

यसले यरूशलेमलाई जनाउँछ जुन सियोन पर्वतमा निर्माण गरिएको थियो ।

परमेश्‍वरको नगर

सम्भावित अर्थहरू हुन्ः १) "परमेश्‍वर बस्‍नुहुने नगर" वा २) "नगर जुन परमेश्‍वरको हो"

अति प्रशंसा गरिनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले उहाँको अति प्रशंसा गर्नुपर्छ"

सारा पृथ्वीको आनन्द, सियोन पर्वत

यहाँ "पृथ्वी" ले पृथ्वीमा बसोवास गर्ने सबैजनालाई जनाउँछ ।अर्को अनुवादः "सियोन पर्वतले पृथ्वीमा भएका सबैजनालाई आनन्द दिन्छ" वा "पृथ्वीमा भएका सबैजना सियोन पर्वतको कारण रमाउँछन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

उत्तरी पाटोमा

सम्भावित अर्थहरू हुन्: १) यो वाक्यांशले उत्तर दिशालाई जनाउँछ वा २) यो वाक्यांश सियोन पर्वतको अर्को नाम हो जसको अर्थ "परमेश्‍वरको पर्वत" हो ।

परमेश्‍वर आफ्नो दरबारहरूमा शरणस्थानको रूपमा आफैलाई प्रकट गर्नुभएको छ

लेखकले परमेश्‍वरको बारेमा यसरी बताउँछन् कि मानौँ मानिसहरू सुरक्षाको लागि जान सक्‍ने ठाउँ उहाँ हुनुहुन्थयो । अर्को अनुवादः "परमेश्‍वरले सियोन पर्वतका दरबारहरूमा मानिसहरूलाई सुरक्षा दिनेको रूपमा आफैलाई चिनाउनु भएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद