ne_tn/psa/045/005.md

4.4 KiB

मानिसहरू तपाईंको शरण पर्छन्

यी वाक्यांशहरूले राजाले शत्रुहरूलाई पराजय गरेको कुरालाई जनाउँछ । सम्भावित अर्थहरू हुन्: १) "मानिसहरू समर्पणतामा तपाईंको चरणमा पर्छन्" वा २) मानिसहरू मृतक भइ तपाईंको चरणमा पर्छन्"

तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटु छन्

"तपाईंका काँडहरूले तपाईंका शत्रुहरूका मुटु छेडेका छन् ।" राजालाई तृतीय पुरुषमा जनाउँदै लेखक राजासँग बोल्छन् ।

तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो

"सिंहासन" ले राज्य र राजाको शासनलाई जनाउँछ । अर्को अनुवादः "तपाईंको राज्य सदासर्वदाको निम्ति हो" वा "तपाईंले सदासर्वदाको निम्ति राज्य गर्नुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हे परमेश्‍वर, तपाईंको सिंहासन

परमेश्‍वर शब्दको लागि सम्भावित अर्थहरू हुन्ः १) यो राजाको लागि नाम हो, जो परमेश्‍वरको प्रतिनिधी हुन् वा २) "सिंहासन" शब्दलाई परिमार्जन गर्छ र "परमेश्‍वरले तपाईंलाई दिनुभएको तपाईंको राज्य" भन्‍ने अर्थ दिन्छ" (EN-UDB)

न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो

"राजदण्ड" शब्दले आफ्नो राज्यमा शासन गर्ने राजाको अधिकारलाई जनाउँछ । अर्को अनुवादः "तपाईंले आफ्नो राज्यमा न्यायपूर्वक शासन गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंको परमेश्‍वरले ... खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ

लेखकले खुसीको बारे यसरी बताउँछन् कि मानौँ त्यो तेल थियो जसलाई परमेश्‍वरले राजालाई अभिषेक गर्न प्रयोग गर्नुभयो । परमेश्‍वरले तिनलाईअभिषेक गर्नुभएको कुरा एउटा प्रतीकात्मक कार्य हो जसले परमेश्‍वरले तिनलाई राजा हुनलाई चुन्‍नुभएको जनाउँछ । अर्को अनुवादः "परमेश्‍वरले तपाईंलाई राजाको रूपमा नियुक्त गर्नुहुँदा, उहाँले तपाईंलाई धेरै खुसी पार्नुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/translate-symaction]])

शब्द अनुवाद