ne_tn/psa/045/003.md

32 lines
3.9 KiB
Markdown

# आफ्नो तरवार भिर्नुहोस्
योद्धाहरूले आफ्ना तरवार आफ्ना कम्मरमा बेरिएको पेटीमा झुण्डिएको धापमा बोक्थे । तिनीहरूको कम्मरको छेउमा तरवार रहिरहन्छ । कुनै व्यक्तिले युद्धको लागि तयार गरिरहेको कार्यलाई यसले जनाउँछ । अर्को अनुवादः "आफैलाई युद्धको लागि तयार गर" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# विजयसाथ सवार हुनुहोस्
लेखकले राजालाई विजयको निम्ति आफ्नो घोडा वा रथमा सवार हुनको लागि भन्दैछन् ।
# विश्‍वासयोग्यता, नम्रता र धर्मिकताको कारण
सम्भावित अर्थहरू: १) यी शक्तिशाली व्यक्तिका गुणहरू हुन् । अर्को अनुवादः "तपाईं विश्‍वासयोगी, नम्र र धर्मी हुनु भएको कारण" वा २) यी सद्गुणहरू हुन् जुन उहाँले आफूले राज्य गर्ने मानिसहरूको निम्ति कायम गर्न लड्नुहुन्छ । अर्को अनुवादः "विश्‍वासयोग्यता, नम्रता र धर्मिकता कायम गर्न"(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# तपाईंको दाहिने हातले डरलाग्‍दो कुराहरू सिकाउने छन्
धेरै सैनिकहरूले तिनीहरू लडाइँ गर्दा आफ्ना तरवारहरू आफ्नो दाहिने हातले पक्रन्थे । यहाँ "दाहिने हात" वाक्यांसले तिनको लडाइँ गर्ने क्षयमतालाई जनाउँछ जसको बारेमा लेखक यसरी बताउँछन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जसले आफूले लडाइँमा प्राप्त गरेको अनुभवद्वारा राजालाई सिकाउन सक्छ । अर्को अनुवादः "तपाईंले धेरै लडाइँमा लडेर ठूलो सैन्य उपलब्धि हासिल गर्न सिक्नु हुने छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]] र [[rc://*/ta/man/translate/figs-personification]])
# डरलाग्‍दो कुराहरू
"आश्‍चर्यजनक कार्यहरू" यसले सैन्य विजयलाई जनाउँछ जसको कारण तिनका शत्रुहरूलाई तिनीको डर मान्‍ने र त्यसले तिनका मित्रहरूलाई तिनको आदर गर्ने तुल्याउँछ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/sword]]
* [[rc://*/tw/dict/bible/other/mighty]]
* [[rc://*/tw/dict/bible/kt/glory]]
* [[rc://*/tw/dict/bible/kt/majesty]]
* [[rc://*/tw/dict/bible/kt/trust]]
* [[rc://*/tw/dict/bible/other/meek]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/kt/righthर]]
* [[rc://*/tw/dict/bible/kt/fear]]