ne_tn/psa/045/001.md

4.6 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

असल विषयमा मेरो हृदय भरिएर पोखिन्छ

लेखकले आफ्नो हृदयको बारे यसरी बताउँछन् कि मानौँ त्यो एउटा भाँडो थियो जसबाट तरल भरिएर पोखिन्छ । "हृदय" शब्दले तिनका भावनाहरूलाई जनाउँछ जुन तिनले गाउने गीतद्वारा उत्साहित हुन्छ । अर्को अनुवादः "असल विषयमा मेरा भावनाहरू उत्साहित हुन्छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

असल विषय

"महान् विषय" वा "सुन्दर शब्द" । यसले तिनले लेखेको गीतलाई जनाउँछ ।

रचना गरेका

लेखिएका वा सृजना गरिएका गीत

मेरो जीब्रो तत्पर लेखकको कलम हो

लेखकले आफ्नो जीब्रको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो एउटा कलम थियो । अनुभवी लेखकले शब्दहरू लेखेझैँ तिनले शब्दहरू कुशलतापूर्वक बोल्छन् । अर्को अनुवादः "मेरो जिब्रो राम्ररी लेख्‍ने व्यक्तिको कलम जस्तै छ" वा "अनुभवी लेखकले शब्दहरू लेख्‍न सकेझैँ म शब्दहरू कुशलतापूर्वक बोल्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईं मानवजातिका सन्तानहरूभन्दा न्यायोचित हुनुहुन्छ

यो वाक्यांश राजा अरू कुनै व्यक्ति भन्दा हेर्नमा राम्रो छ भनी जोड दिने बढाइचढाइ गरिएको वाक्य हो । "मानवजातिका सन्तानहरू" वाक्यांस एक वाक् पद्धति हो जसले सबै मानवजातिलाई जनाउँछ। अर्को अनुवादः "तपाईं अरू कुनै मानिसभन्दा सुन्दर हुनुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र [[rc:///ta/man/translate/figs-idiom]])

तपाईंका ओठहरूमा अनुग्रह खन्याइन्छ

लेखकले अनुग्रहको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो तेल थियो जुन कसैले राजाको ओठ अभिषेक गर्न प्रयोग गरेको छ। "ओठ" शब्दले राजाको बोलीलाई जनाउँछ । यस वाक्यांसको अर्थ राजा धारा कुशलतापूर्वक बोल्छन् भन्‍न हो । अर्को अनुवादः "यो कसैले तपाईंको ओठ तेलले अभिषेक गरेको झैँ छ" वा "तपाईं कुशलतापूर्वकबोल्नुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद