ne_tn/psa/044/018.md

8.0 KiB

हाम्रो हृदय बरालिएको छैन ... तपाईको मार्गबाट बाहिर गएका छैनन्

यी दुई वाक्यांशहरू समानांतर हुन् । लेखकले परमेश्‍वरप्रतिको इमान्दारीता बारे यसरी बताउँछन् कि मानौँ त्यसले उहाँलाई पछ्याउँदै थियो, र बेइमानीको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो उहाँबाट बाहिर निस्कदै थियो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metaphor]])

हाम्रो हृदय बरालिएको छैन

यहाँ "हृदय" ले भावनाहरूलाई जनाउँछ र विशेष गरी इमान्दारीता र भक्तिलाई जनाउँछ । अर्को अनुवादः "हामी तपाईंप्रति इमान्दार हुन छोडेका छैनौँ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंले हामीलाई ... कठोरतापूर्वक चकनाचूर पार्नुभएको छ

लेखक परमेश्‍वरको दण्डको बारेमा यसरी बताउँछन् कि मानौँ त्यसले कमजोर वस्तु चकनाचूर पार्दै थियो । अर्को अनुवादः "तपाईंले हामीलाई ... कठोरतापूर्वक दण्ड दिनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

स्यालहरू बस्‍ने ठाउँहरूमा

लेखकले इस्राएललाई परमेश्‍वरको दण्ड बारेमा यसरी बताउँछन् कि मानौँ त्यो जंगली उजाड ठाउँ थियो । अर्को अनुवादः "र हाम्रो भूमिलाई स्यालहरू बस्‍ने ठाउँ जस्तै बनाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

स्यालहरू

एक किसिमको जंगली कुकुर

हामीलाई मृत्युको छायाले ढाक्‍नुभएको छ

लेखकले मृत्युको बारे यसरी बताउँछन् कि मानौँ त्यो एउटा वस्तु थियो जसले मर्न लागेकाहरूमाथि छाया पार्छ । अर्को अनुवादः "हामीलाई मर्न लागेका जस्तो बनाउनुभएको छ (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यदि हामीले हाम्रो परमेश्‍वरको नाउँ बिर्सेका छौँ

यहाँ "नाउँ" शब्दले परमेश्‍वर स्वयम्‌लाई जनाउँछ । परमेश्‍वरलाई बिर्सिनु भनेको उहाँलाई पुज्‍न छोड्नु हो । यो यस्तो कुरा हो जुन भएको थिएन । अर्को अनुवादः "यदि हामीले हाम्रो परमेश्‍वरलाई बिर्सेका छौँ" वा "यदि हामीले हाम्रो परमेश्‍वरलाई पुज्‍न छोडेका छौँ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-hypo]])

हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौँ

हात फैलाउनु एउटा शारीरिक हाउभाउ हो जसलाई मानिसहरूले देवतालाई पुज्‍न र प्रार्थना गर्न प्रयोग गर्थे । अर्को अनुवादः "विदेशी देवताहरूलाई पुजेका छौँ" वा "विदेशी देवताहरूलाई प्रार्थना गरेका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

के परमेश्‍वर यसलाई खोजि निकाल्नु हुन्‍नथ्यो?

यदि तिनीहरूले अरू देवतालाई पुजे भने परमेश्‍वरले थाहा पाउनुहुने छ भन्‍ने कुरा व्यक्त गर्न लेखकले यो प्रश्‍न सोध्छन् । अर्को अनुवादः "परमेश्‍वरले निश्‍चय नै थाहा पाउनुहुन्थ्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

उहाँले हृदयको गोप्य कुराहरू जान्‍नुहुन्छ

यहाँ "हृदय" ले मन र विचारहरूलाई जनाउँछ । अर्को अनुवादः "व्यक्तिले गोप्यरूपमा सोच्‍ने कुराहरू उहाँले जान्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हामी ... दिनभरि मारिन्छौँ

"दिनभरि" भन्‍ने वाक्ययांस तिनीहरूका मानिसहरू लगातार मारिए भनी जोड दिने एक बढाइचढाइ गरिएको वाक्य हो । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले हामीलाई ... हरसमय मार्दैछन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र [[rc:///ta/man/translate/figs-activepassive]])

हामीलाई मार्न लगिएको भेडाहरू ठानिन्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले हामीलाई मार्न लगिएको भेडाहरू ठान्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मार्न लगिएको भडाहरू

लेखकले इस्राएलीहरूलाई मानिसहरूले मारेर खाने भेडासँग तुलना गर्छन् । जसरी भेडा त्यसलाई मार्नेको अगि असहाय हुन्छन्, त्यसरी नै इस्राएलीहरू तिनीहरूका शत्रुहरूको अगि असहाय हुन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद