ne_tn/rut/01/11.md

3.6 KiB

तिमीहरू मसँग किन जान्छौ?

यो आलंकारिक प्रश्‍न हो । अर्को अनुवाद: "तिमीहरू मसँग जानुको केही अर्थ छैन ।" वा "तिमीहरू मसँग जानु हुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र?

तिनीहरूलाई विवाह गरिदिन आफूले छोराहरू पाउन नसक्‍ने कुरा बताउन नाओमीले यो प्रश्‍न गरिन् । अर्को अनुवाद: "साँच्‍चै तिमीहरूका पतीहरू हुन अझैँ छोराहरू जन्माउन म सक्‍दिन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

पति पाउनलाई म धेरै वृद्ध भइसकेकी छु

पति महत्त्‍वपूर्ण थिए भन्‍ने कारण स्‍पष्‍टसँग बताउन सकिन्छ । अर्को अनुवाद: "फेरि विवाह गरेर अझैँ सन्‍तान जन्‍माउन निकै वृद्ध भइसकेकी छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

छोराहरू जन्माएँ

"सन्‍तान जन्‍माएँ" वा "छोराहरू पाएँ"

के तिमीहरूले तिनीहरूको उमेर पुगेसम्म पर्खन्छौ? के तिमीहरूले विवाह गर्न एउटा पति चुन्दैनौ र?

यी उत्तर नमाग्‍ने आलंकारिक प्रश्‍नहरू हुन् । अर्को अनुवाद: "तिनीहरूसँग विवाह गर्नको निम्ति तिनीहरूको उमेर नपुगेसम्‍म तिमीहरूले पर्खिदैनौं । तिमीहरू विवाह गर्न पति चाहँदैनौ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मलाई अति नै तीतो हुन्छ

तिनलाई के कुराले तीतो तुल्‍याउँछ भनी स्‍पष्‍टसँग लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिमीहरूका पति छैनन् भन्‍ने कुराले मलाई अति नै तीतो हुन्छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] वा[[rc:///ta/man/translate/figs-explicit]])

परमप्रभुको हात मेरो विरुद्धमा लागेको छ

यहाँ "हात" ले परमप्रभुको शक्‍ति वा प्रभावलाई जनाउँछ । अर्को अनुवाद: "परमप्रभुले असाध्यै डरलाग्‍दो कुरा मलाई हुन दिनुभएको छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद