ne_tn/pro/15/01.md

3.0 KiB

विनम्र जवाफले क्रोधलाई हटाउँछ

मानिसहरूलाई क्रोधित हुन रोक्‍नुलाई यसरी बताइएको छ कि मानौंयसले त्यस मानिसको क्रोधलाई हटाउँदै थियो । अर्को अनुवादः "नम्र तरिकाले जवाफ दिँदा त्यस मानिसको क्रोधलाई शान्त पार्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर कठोर वचनले रिस उठाउँछ

अर्को अनुवादः "कठोरतासाथ बोलीले त्यस व्यक्तिलाई अझ धेरै रिसाउने तुल्याउँछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ

यहाँ "जिब्रो" ले बोल्‍ने व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "बुद्दिमान् मानिसहरू बोल्दा ज्ञानको तारिफ गर्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

ज्ञानको तारिफ गर्छ

"ज्ञानलाई आकर्षक पार्छ" वा "ज्ञानको सहि सदूपयोग गर्छ"

मूर्खहरूको मुखले मूर्खता खन्याउँछ

लेखकले मूर्खको मुखको बारेमा यसरी बताउँछन् कि मानौंतिनीहरू भाँडो थिए र मूर्खताको बारेमा यसरी बताउँछन् कि मानौंतिनीहरू ती भर्ने तरल पदार्थ थिए । मूर्खहरू बोल्दा तिनीहरूका मुखहरूले तरल पदार्थ खन्याउँछन् । "मुख" शब्दले बोल्‍नेहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मूर्खहरू सधैँ मूर्खता बोल्छन्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद