ne_tn/luk/15/08.md

1.7 KiB

जोड्ने कथनः

येशूले अर्को दृष्‍टान्त बताउन थाल्‍नुहुन्छ । यो एक स्‍त्रीको बारेमा हो जससँग १० चाँदीका सिक्‍काहरू थिए ।

अथवा कुन स्‍त्री होला ... बत्ती बाल्दिनन् ... नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र ?

यदि तिनीहरूमध्ये कुनैले एउटा चाँदीको सिक्‍का हरायो भने, तिनीहरूले निश्‍चय नै यत्‍नपूर्वक खोज्छन् भनी मानिसहरूलाई सम्झाउन येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुभयो । वैकल्पिक अनुवादः “कुनै पनि स्‍त्रीले ... निश्‍चय नै बत्ती बाल्‍नेछिन् ... तिनले नपाएसम्म दिलोज्यानले खोज्छिन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यदि तिनले हराइन् भने

यो एउटी वास्तविक स्‍त्रीको कथा होइन, तर एउटा काल्पनिक परिस्थिति हो । केही भाषाहरूमा यसलाई देखाउने तरिकाहरू छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)