ne_tn/jhn/11/09.md

1.5 KiB

के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र ?

जोड दिनलाई यो कथन प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीहरू जान्दछौ, कि एक दिनमा बाह्र घण्टा उज्यालो हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालोले देख्छ

दिनको उज्यालोमा हिँड्ने मानिसहरूले राम्ररी देख्‍न सक्छन् र तिनीहरूलाई ठेस लाग्दैन । “उज्यालो” सत्यको निम्ति अलङ्कार हो । सत्यताअनुसार जिउने मानिसहरू परमेश्‍वरले तिनीहरूलाई गर्न चाहनुभएको कुरा सफलतापूर्वक गर्न समर्थ हुनेछन् भनी येशूले देखाउनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)