2.5 KiB
2.5 KiB
परमप्रभुको वचन ... यसो भनेर आयो
१:४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)
दिन र रातसित बाँधिएको मेरो करार ... मेरा दास दाऊदसित बाँधिएको मेरो करार
परमप्रभुले दाऊदसितको आफ्नो करार, दिन र रातको करारसँग तुलना गर्नुहुन्छ । मानिसले रात र दिन बदल्न नसकेझैँ मानिसले परमेश्वरको दाऊदसितको करार पनि बदल्न सक्दैन ।
उसको सिंहासनमा बस्न
"उसले दिएको राज्यमा शासन गर्ने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)
जसरी आकाशका ताराहरू गन्न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु'
यी वाक्यांशहरूले समान अर्थ दिन्छन् र जोड दिन एकसाथ प्रयोग भएका छन् ।अर्को अनुवादः " जसरी कसैले आकाशका ताराहरू र समुद्र किनारका बालुवाहरू गन्न सक्दैनन्, त्यसरी नै दाऊद र परमप्रभुका सेवा गर्ने लेवीहरूका सन्तानहरूको गन्ती गर्न सकिनेछैन । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-hyperbole]])