ne_tn/hos/09/08.md

4.4 KiB

सामान्‍य जानकारीः

अगमवक्ता होशे बोल्‍दै छन् ।

अगमवक्‍ताचाहिँ एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्‍यक्‍ति हो

रेखदेख गर्ने व्‍यक्‍तिले खतरा आउँदै छ कि भनेर आफ्नो सहर बाहिर हेर्छ । मानिसहरूले पाप गरिरहँदा र परमेश्‍वरबाट दण्ड पाउने खतरामा हुँदा अगमवक्ताले चेतावनी दिनुलाई यसरी बताइएको छ कि मानौं तिनी सहरको लागि रखवाला थिए । अर्को अनुवादः "अगमवक्‍ता एफ्राइममाथि परमेश्‍वरको निम्ति रखवालाजस्‍तै हो ।" ( अर्को अनुवादः rc://*/ta/man/translate/figs-metaphor)

अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्‍यक्‍ति हो

कुनै-कुनै संस्‍करणहरूले यस खण्‍डलाई "अगमवक्ता, मेरा परमेश्‍वरको साथमा एफ्राइमको रखवाला हो " भनी अनुवाद गर्छन् ।

अगमवक्‍ताचाहिं

सामान्‍यतया यसले परमेश्‍वरले चुन्‍नुभएका अगमवक्ताहरूलाई जनाउँछ । अर्को अनुवादः "अगमवक्ताहरूचाहिं " वा "साँचो अगमवक्ताहरूचाहिं" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-genericnoun)

एफ्राइम

यहाँ "एफ्राइम"ले इस्राएलका सबै मानिसहरूलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ

"पंक्षीको निम्ति जाल" पंक्षीहरूलाई समात्‍ने पासो हो । यसको अर्थ परमेश्‍वरका अगमवक्तालाई रोक्‍न इस्राएलका मानिसहरू जे पनि गर्न सक्‍थे । अर्को अनुवादः "तिनी जहाँ जान्‍थे, मानिसहरू तिनको लागि पासो ठाप्थे ।" वा "तिनलाई हानि गर्न मानिसहरूले आफूले सक्‍ने सबै काम गर्थे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन्

"लामो समय अगाडि गिबामा गरेजस्‍तै इस्राएलका मानिसहरूले पाप गरेका छन् र धेरै भ्रष्ट भएका छन् ।" यो सन्‍दर्भ सम्‍भवतः न्‍यायकर्ता १९-२१ मा बेन्‍यामीन कुलका झस्‍काउने कार्यहरूलाई सम्‍झेर भनिएको हो ।

शब्द अनुवाद