ne_tn/hos/09/07.md

3.1 KiB

सामान्‍य जानकारीः

अगमवक्ता होशे बोल्‍दै छन् ।

दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन्

परमप्रभुले इस्राएलका मानिसहरूका खराब कार्यहरूका लागि तिनीहरूको न्‍याय गर्ने कुरालाई जोड दिन होशेले यी दुई समान वाक्यांशहरू प्रयोग गर्छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिमीहरूका घोर अधर्म र वैरभावका कारण

वाक्‍यांशहरू "घोर अधर्म" र वैरभाव"ले समान अर्थ दिन्छन् ।मानिसहरूको अधर्मले तिनीहरूलाई परमप्रभु र उहाँका अगमवक्ताहरूप्रति वैरीको रुपमा प्रकट गरे ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ

यी वाक्‍यांशहरूले सामान्‍यतया एउटै अर्थ दिन्छन् ।सम्‍भावित अर्थहरू हुन्ः १) मानिसहरूले अगमवक्तालाई बौलाह जस्‍तै ठाने । वा २) मानिसहरूले गरेका पापहरूका कारण अगमवक्ताहरू पागल भएका थिए ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ

यहाँ दुवै "अगमवक्ता" र "प्रेरणा पाएको मानिस" को अर्थ परमेश्‍वरबाट सन्देशहरू पाएको भनी दाबी गर्नेहरू हुन् । यसले ती मानिसहरू झुटा अगमवक्ताहरू हुन् र परमेश्‍वरबाट सन्‍देश पाएको सोच्‍ने मात्र थिए भनी जनाउँछ। ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublet]] and [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद