ne_tn/gen/01/22.md

3.2 KiB

आशिष् दिनुभयो

"उहाँले बनाउनुभएका जनावरहरूलाई आशिष् दिनुभयो ।"

फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ

यो परमेश्‍वरको आशिष् हो । उहाँले समुद्री जीवहरूलाई तिनीहरूजस्‍तै धेरै समुद्री जीवहरू उत्‍पादन गर्न भन्‍नुभयो ताकि तिनीहरूजस्‍ता धेरै समुद्रमा हुनेछन् । "वृद्धि" शब्‍दले कसरी तिनीहरू "फल्दै-फुल्दै" जानुपर्छ भन्‍ने वर्णन गर्छ ।( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-idiom]])

वृद्धि

"संख्‍यामा धेरै बढ्नु" वा "धेरै हुनु"

पक्षीहरू वृद्धि होऊन्

यो एउटा आज्ञा हो ।पंक्षीहरू वृद्धि हुनुपर्छ भन्‍ने आज्ञा दिंदै परमेश्‍वरले पंक्षीहरूलाई वृद्धि गर्नुभयो । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-imperative)

पक्षीहरू

"उड्‍ने जीवहरू" वा "उड्‍ने कुराहरू"। उत्पत्ति १:२० मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

साँझ ... र बिहान

यसले पूरा दिनको संकेत गर्छ । लेखक पूरा दिनको कुरा गर्छ मानौं यो यी दुई भागहरू थिए । यहूदीहरूको संस्‍कृतिमा, जब सूर्यास्‍त हुन्‍छ अर्को दिनको सुरु हुन्‍छ । उत्‍पत्ति १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

पाँचौँ दिन

यसले ब्रम्‍हाण्‍डमा अस्‍तित्‍वमा आएको पाँचौँ दिनको संकेत गर्छ । उत्‍पत्ति १:५ मा " पहिलो दिन" लाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् र यसलाई पनि त्यही तरिकाले अनुवाद गर्नुपर्छ कि भनी निर्णय गर्नुहोस् ।

शब्द अनुवाद