ne_tn/2ki/05/26.md

3.8 KiB

ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र ?

गेहजीले के गरेका थिए भनी परमप्रभुले एलीशालाई जान्‍न दिनुभएको भनी जोड दिन एलीशाले यो आलङ्कारीक प्रश्‍न सोध्छन् । यसलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "नामानले तँसित बोल्‍न आफ्नो रथ घुमाउँदा मेरो आत्माले तँलाई देख्‍न सक्‍थ्यो भनेर तैँले सोच्‍नुपर्थ्यो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के यो रुपियाँ-पैसा ... कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र ?

यो उपहारहरू लिने समय होइन भन्‍ने कुरालाई जोड दिन एलीशा यो आलङ्कारीक प्रश्‍न सोध्छन् । यसलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "यो रुपियाँ-पैसा ... कमारा-कमारीहरू ग्रहण गर्ने समय होइन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ

यसले गेहजी र तिनका सन्‍तानहरू कुष्ठरोगी हुने बारेमा यसरी बताइएको छ कि मानौं नामानबाट कुष्ठरोग निकालेर गेहजीलाई दिइयो । अर्को अनुवादः "नामानमा कुष्ठरोग भएजस्तै तँ र तेरा सन्तानहरूमा कुष्ठरोग हुनेछ ।"

तिनको उपस्थितिबाट बाहिर गयो

"तिनको उपस्थिति" भन्‍ने वाक्यांशले एलीशाले त्यसलाई देख्‍नसक्ने क्षेत्रसम्म भन्‍ने कुरालाई जनाउँछ ।यसको अर्थ तिनले एलीशा भएको कोठा छोडे । अर्को अनुवाद: "जब गेहजी कोठाबाट निस्के" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हिउँजस्तै सेतो

कुष्ठरोगले छालालाई सेतो बनाउँछ ।यहाँ गेहजीको कुष्ठरोग लागेको शरीरलाई हिँउको रङ्गसँग तुलना गरिएको छ । अर्को अनुवादः "हिउँजस्तै सेतो शरीर लिएर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद