ne_tn/2ki/05/07.md

2.8 KiB

तिनले आफ्ना लुगा च्याते

मानिसहरू ठुलो कष्‍टमा परे भने प्रायः तिनीहरू आफ्ना लुगाहरू च्‍यात्‍थे । अर्को अनुवादः "आफ्नो कष्‍ट देखाउन तिनले आफ्ना लुगा च्याते ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र ?

अरामका राजाको अनुरोध रिस उठ्दो र आफूले केही गर्न नसक्‍ने खाले छ भन्‍ने कुरालाई जोड दिन इस्राएलका राजा यो आलङ्कारीक प्रश्‍न सोध्छन् । यसलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः"अरामका राजाले म, जीवन र मृत्‍युमाथि शक्ति भएको कुनै प्रकारको देवता सोचेका हुनुपर्छ ! तिनी मैले यस कुष्ठरोगी मानिसलाई निको पारेको चाहन्छन् तर म त्‍यसतो गर्न सक्दिनँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ

इस्राएलका राजाले चिठीको वास्तविक कारण नामानको चंगाइको अनुरोध थियो भन्‍ने कुरामा विश्‍वास गरेनन् ।वास्‍तविक कारण युद्ध सुरु गर्नको लागि हो भनी तिनले सोचे । अर्को अनुवादः "यस्‍तो लाग्छ तिनी मसँग युद्ध सुरु गर्ने बहाना खोज्दैछन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद