ne_tn/1ki/15/25.md

3.4 KiB

जोड्ने भनाइहरूः

बाँकीको १५ र १६ अध्याय इस्राएलका राजाहरूका बारेमा हो । यहूदाका राजा आसा अझै जिउँदो हुँदा नै यी घटनाहरू घटे ।

यहूदाका राजा आसाको दोस्रो वर्षमा

यसले आसाले गरेको शासनको दोस्रो वर्षलाई जनाउँछ । यसको अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "आसा यहूदाको राजा भएको झण्डै दुई वर्षमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे

"नादाबले इस्राएलमा दुई वर्ष शासन गरे"

परमप्रभुको दृष्‍टिमा जे खराब छ

परमप्रभुको दृष्‍टिले परमप्रभुको न्यायलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभुको न्यायअनुसार जे खराब छ" वा "परमप्रभु जे खराब ठान्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्ना पिताको चालमा हिँडे

यहाँ हिँड्नुले व्यवहारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "तिनका पिताले जे गरेका थिए त्यही गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

र तिनी आफ्नै पापमा

तिनी आफ्नै पापमा हिँड्नुले तिनका पिताले गरेका पापभन्दा भिन्‍न तरिकाहरूले पाप गर्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "र तिनले आफ्‍नै तरिकाले पाप गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

इस्राएललाई पनि पाप गर्न लगाए

कसैलाई केही गर्न लगाउनुले तिनीहरूलाई त्यस्तो गर्न प्रभाव पार्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "र पाप गरेर तिनले इस्राएललाई पनि पाप गर्न प्रभावित गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद