ne_tn/1ki/15/01.md

3.2 KiB

नबातका छोरा राजा यारोबामको शासनकालको अठारौं वर्षमा

यसले यारोबामले शासन गरेको अठारौँ वर्षलाई जनाउँछ । अर्को अनुवादः "यारोबाम इस्राएलको राजा भएको लगभग अठार वर्षमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

अठारौं वर्षमा

"१८ वर्षमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

अबिया ... सबै पापमा हिँडे

हिँड्नुले जिउनुलाई प्रतिनिधित्व गर्छ र पापमा हिँड्नुले ती पापहरू गर्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "अबियाले निरन्‍तर ... सबै पापहरू गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनको समयभन्दा अगि तिनका पिताले गरेका

यी पदहरूले विभिन्‍न राजाहरूलाई जनाउने हुनाले अबियाका पिताका नाम उल्‍लेख गर्दा सहज हुन सक्छ । यस जानकारीलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "अबियाको समयभन्दा अगि तिनका पिता रहबामले गरेका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनको समय

तिनी राजा भएको समयलाई यस वाक्यांशले प्रतिनिधित्व गर्छ । यसको अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "अबिया राजा हुन अगाडि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनको हृदय ... दाऊदको हृदयजस्तै ... समर्पित भएन

हृदयले सम्पूर्ण व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "अबिया ... दाऊदजस्तै ... समर्पित थिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद