ne_tn/1co/04/15.md

2.0 KiB

दस हजार अभिभावक

एक जना आत्मिक पिताको महत्त्वलाई जोड दिनलाई तिनीहरूलाई मार्ग-निर्देशन गरिरहेका मानिसहरूको सङ्ख्यालाई गरिएको बढाइचढाइ हो । वैकल्‍पिक अनुवादः “निकै धेरै अभिभावकहरू” वा “अभिभावकको एउटा ठूलो भीड” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

सुसमाचारद्वारा म ख्रीष्‍ट येशूमा तिमीहरूका पिता बनेँ

पावलले जोड दिइरहेका छन् कि कोरिन्थीहरूसँगको उनको सम्बन्ध सबभन्दा महत्त्वपूर्ण रूपमा “ख्रीष्‍टमा” हो, दोस्रो त्यो भयो किनभने उनले तिनीहरूलाई सुसन्देश सुनाए, र तेस्रो चाहिँ उनी नै हुन् जो तिनीहरूका लागि पिता समान छन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई सुसमाचार सुनाउँदा परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टमा जोड्नुभएको कारणले नै म तिमीहरूका पिता बनेँ”

म तिमीहरूका पिता बनेँ

पावलले कोरिन्थीहरूलाई ख्रीष्‍टमा ल्याएको कारण तिनी उनीहरूका लागि पिता समान हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)