ne_tn/1co/03/intro.md

3.3 KiB

१ कोरिन्‍थी ०३ साधारण टिपोटहरू

संरचना र ढाँचा

पढ्‍न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरपहरूलाई अरू हरपहरूभन्‍दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद १९ र २० का शब्‍दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।

यस अध्‍यायमा भएका विशेष अवधारणाहरू

सांसारिक मानिसहरू

आफ्‍ना अधार्मिक कार्यहरूले गर्दा ख्रीष्‍टिएन विश्‍वासीहरू अपरिपक्‍व थिए । पावलले तिनीहरूलाई “संसारिक मानिसहरू”, अर्थात् अविश्‍वासीहरूले झैँ काम गर्नेहरू भनेका छन् । यो संसारिक शब्‍दचाहिँ “आत्‍मिक” मानिसहरूका विपरितलाई जनाउने शब्‍द हो । “संसारिक” किसिमले कार्य गर्ने ख्रीष्‍टिएनहरू चाहिँ मूर्खहरू जस्‍ता हुन् । तिनीहरूले संसारिक बुद्धिको अनुसरण गर्छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/righteous]], [[rc:///tw/dict/bible/kt/flesh]], [[rc:///tw/dict/bible/kt/spirit]] अनि [[rc:///tw/dict/bible/kt/foolish]] अनि rc://*/tw/dict/bible/kt/wise)

यस अध्‍यायमा भएका महत्त्वपूर्ण आलङ्कारिक भाषाहरू

रूपक अलङ्‍कार

यस अध्‍यायमा धेरैवटा रूपक अलङ्‍कारको प्रयोग भएको छ । आत्‍मिक अपरिपक्‍व जनाउनलाई पावलले “बालकहरू”, र “दुध” को प्रयोग गरेका छन् । कोरिन्‍थमा भएको मण्‍डलीलाई बढाउनका लागि पावल आफूले र अपोल्‍लोसले खेलेको भूमिकाको बयान गर्नका लागि तिनले बिउ रोप्‍ने र पानी हाल्‍ने रूपक अलङ्‍कारहरूको प्रयोग गरेका छन् । कोरिन्‍थका विश्‍वासीहरूलाई आत्‍मिक सत्‍यताहरू सिकाउन र तिनीहरूलाई आफ्‍नो शिक्षा बुझ्‍न सहायता पुर्‍याउनका लागि पावलले रूपक अलङ्‍कारहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)