ne_tn/1co/03/12.md

2.0 KiB

सामान्य जानकारीः

पावलले कोरिन्‍थका शिक्षकहरूले जे गरिरहेका थिए त्‍यो कुरालाई वर्णन गर्नलाई निर्माणकर्ताहरूले भवन निर्माण गर्दा तिनीहरूले समान्‍य रूपमा के गर्छन् भन्ने कुरा गर्छन् । निर्माणकर्ताहरूले सामान्‍य रूपमा सुन, चाँदी वा अन्‍य बहुमूल्‍य पत्‍थरहरूलाई भवनहरूमा सजावटको रूपमा प्रयोग गर्छन् ।

अब यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ वा परालको प्रयोग गरेर निर्माण गर्छ भने

नयाँ घर बनाउनलाई निर्माण गर्नेहरूले प्रयोग गर्ने सामाग्रीहरूलाई व्यक्तिको जीवनभरिको व्‍यवहार र क्रियाकलापहरू निर्माण गर्नका लागि प्रयोग गरिने आत्‍मिक मूल्यमान्यताहरूसित तुलना गरिँदै छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले लामो समय टिक्‍ने बहुमूल्‍य थोकहरूले बनाउँछ वा सजिलै जल्‍ने सस्‍ता थोकहरूले बनाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बहुमूल्य पत्थर

“महँगो पत्थर”