ne_tn/1co/03/01.md

1.8 KiB

जोड्ने कथनः

कोरिन्‍थका विश्‍वासीहरूले परमेश्‍वरको उपस्‍थितिमा आफ्‍नो स्थानअनुसारको व्‍यवहार गर्न छाडेर तिनीहरूले साँचो रूपमा कसरी जीवन बिताइरहेका थिए भनी पावलले अब तिनीहरूलाई याद गराउँछन् । त्‍यसपछि उनले याद गराउँछन् कि तिनीहरूलाई वृद्धि दिनुहुने परमेश्‍वर जत्तिकै तिनीहरूलाई सिकाउने व्यक्ति महत्त्वपूर्ण हुँदैन ।

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

आत्मिक मानिसहरू

आत्माको आज्ञापालन गर्ने मानिसहरू

शारीरिक मानिसहरू

आफ्नै इच्छा अनुसार जिउने मानिसहरू

ख्रीष्‍टमा साना बालकहरू झैँ

कोरिन्थीहरूलाई उमेर र बुझाइमा धेरै साना बालकहरूसँग तुलना गरिएको छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा भर्खरैका विश्‍वासीहरूजस्तै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)